विपन्न समुदायका महिलालाई च्याउखेती तालिम

0
Shares

विराटनगर, (नेस)
नगरबासीलाई आयआर्जनका माध्यमबाट जीवस्तर माथि उठाउने अभिप्रायकासाथ  मोरङको बेलबारी नगरपालिकाले तीनदिने चाउखेती तालिम सम्पन्न गरेको छ ।  बेलबारी नगरपालिका वार्ड नं ३ मा रहेको आदिवासी जनजाति भवनमा आज एक कार्यक्रमविच बेलबारी नगरपालिका वार्ड नं ३ का वाडाध्यक्ष योगेन्द्र सुवेदीले सम्पन्न गरेका थिए ।

नगरपालिकाको आर्थिक लगानी तथा  सुन्दर टोलविकास संस्थाको आयोजनामा सम्पन्न च्याउ खेतिको तालिममा सहभागीहरुले क्याउ खेतीका लागि आवस्यक पर्ने सामग्री तथा च्याउ खेती गर्ने तरिकाका वारेमा सिकेका थिए । टोलविकासमा रहेका गरिव तथा विपन्न महिलालाई लक्षित गरेर संचालन गरिएको च्याउ खेती तालिममा टोलभरिका २५ जना महिलाहरुले तालिम लिएको सुन्दर टोलविकास संस्थाका अध्यक्ष खनेन्द्र कुमार राई (अर्जुन) ले जानकारी दिए ।

तीन दिन सम्म चलेको च्याउ खेती तालिमको सहजीकरण प्रशिक्षक वृजेष दाहालले गरेका थिए । कार्यक्रममा बेलबारी नगरपालिका वार्ड नं ३ का वडाध्यक्ष योगेन्द्र सुवेदीले सहभागीलाई प्रमाणपत्र वितरण गर्दै तालिम आय आर्जजनमा सहयोगी हुने आशा गरे । पछिल्लो समयमा यस्ता तालिमहरु बारम्बार भैरहने  भएपनि तालिम पछि भने आय आर्जनमा स्थानीयहरु लागेको खासै नपाइने गरेको उनले बताए ।
तालिम तालिमका लागि मात्र भए भन्ने आरोप लाग्न थालेको परिप्रेक्षमा आफूहरु भने व्यवसाय गरेरै छाड्ने सो तालिमका सहभागिहरुले बताएका छन । सहभागि महिलाहरुले  अब हातमा भएको सिपको पूर्ण सदुपयोग गर्ने बताएका छन ।