विद्यार्थीलाई ट्राफिक नियम सिकाउँदै  प्रहरी 

0
Shares

डोटी,  (नेस)
जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले यहाँका बिद्यालयमा ट्राफिक सचेतना सम्बन्धि जनचेतना मुलक तालिमहरु दिन थालेको छ । जिल्लाका ट्राफिक नियम सम्बन्धि जानकारी नहुँदा दुर्घना बढेको भन्दै यहाँको जिल्ला ट्राफिक प्रहरी कार्यालयले दिपायल,राजपुर,पिपल्ला लागयतका ठाउमा रहेका निजी तथा सरकारी स्कुलमा गएर ट्राफिक नियम सम्बन्धि तालिम दिन थालेको हो ।

ट्राफिक नियम सम्बन्धि जानकारी दिन र सबैले ट्राफिक सम्बन्धि जानकारी पाउन भन्ने उदेश्यले आफुहरुले उक्त तालिम दिदै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका प्रमुख मोहनसिंह धामीले बताउनु भयो । उहाँले भन्नुभयो, “यातयातका साधन दिनहुँ थपिदैछन्,ट्राफिक नियम सम्बन्धि सबैलाई जानकारी नभएकाले हामीले सबै ठाउमा तालिम दिन थालेका छौँ ।”

जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले यहाँका दिल्पेश्वर मावी,सुजँङ स्कुल,अमरज्योती स्कुल लागयतका बिद्यालयमा तालिम दिदै आएको छ । ट्राफिकहरुले बिद्यालयमा रहेका बिद्यार्थीहरु मार्फत जनचेतना तालिम दिनलागेको प्रति यहाँका स्थानियहरु खुसि भएको अमरज्योती स्कुलका अध्यक्ष धनबहादुर शाहीले बताउनु भयो ।

गाडी चालकहरुले डोटी लगायतका अन्य पहाडी जिल्लामा ट्राफिक नियमको पालना नगर्दा वर्षेनी ठुल्ठुला सवारी दुर्घना हुन थालेको र दजर्नौको अकालमै ज्यान जान थालेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरीयाले जनाएको छ ।
फोटो
कालीगडको अभावले खुकरी उद्योग संकटमा
गणेश विष्ट, भोजपुर
खुकुरीको लागि प्रख्यात  जिल्ला हो भोजपुर  । सामान्य ज्ञानमा  खुकुरीको लागि प्रख्यात जिल्ला कुन हो, भन्दा भोजपुरकै नाम आउछ । भोजपुरे खुकुरी  स्वदेश संगै विदेश सम्म निर्यात हुन्छ ।  यसरी जिल्ला, देश विश्वका विभिन्न ठाउका निर्यात खुकरी उद्योग व्यावसाय यति वेला संकटमा परेको छ ।
दक्ष कालीगड संगै कोइला लगाएतको कच्चा पदार्थको अभावले यो व्यावसाय संकटमा परेको व्यावसायिहरुको भनाई छ । त्यस्तै खुकुरी वनाउने पेशालाई अपहेलनाको कारण पनि यो पेशा संकटमा परिरहेको  व्यावसायीहरु वताउन छन् । उद्योगबाट भोजपुरे, सिरुपाते, चित्लाङ्गले कोथीमोडा लगायतका खुकुरी निर्माण हुने गरेको छ ।
राज्यले उचित  वातावरण संगै साना तथा मझौला उद्योगलाई प्राथमिकता नदिँदा व्यावस्था संकटमा परेको उद्योग सञ्चालकको भनाई छ ।  भोजपुरे खुकुरीको माग स्थानिय वाजर, वाहिरी जिल्ला संगै अन्तराष्ट्रिय वजार सम्म हुने भएको भए माग अनुसारको खुकुरी उत्पादन हुन नसेको व्यावसायी बताउछन् ।
‘हामीेले अहिले अनलाइन मार्फद पनि व्यावसाय गरिरहेका छौ, कालीगड संगै कच्चा पदार्थ कारण हामीलाई व्यावसाय सञ्चालनमा समस्या छ, त्यसैले माग अनुसारको खुकुरी दिन सकिएको छैन ।’ व्यावसायी सन्तोष सुनारले वताए ।
खुकुरी वनाउनको लागि आवश्यक पर्ने कोइला, विँडको लागि आवश्यक पर्ने काठको अभाव हुने गरेको छ । व्यावसायलाई जिवन्त राख्नको लागि विभिन्न खालका खुकुरी वनाउने तालिमहरु संञ्चालन गरिए पनि युवा शक्ति विदेश जाने लहरले पनि समस्या भएको खुकुरी व्यावसायिको बताउछन्। व्यावसाय सञ्चालनमा समस्या भई रहे पनि कखुरीको माग भने अत्याधिक रहेको छ ।
विदेश जाने लहरको कारण गाउघरमा सञ्चालनमा रहेका आरणहरु वन्द हुँदा यतिवेला गाउघरको लागि पनि सदरमुकामबाट नै खुकुरी लाने गरेका छन् । गाउघरमा सञ्चालनमा रहेका आरणहरु यति वेला प्राय वन्द छन् ।
 ‘स्थानियको स्तरमै माग बढी छ , सदरमुकाममा वनाएको खुकुरी धेरै जसो गाउतिर जान्छ अन्य जिल्ला संगै विदेशबाट पनि अत्याधिक भोजपुरे खुकुरीको माग हुन्छ मुख्य चाही कालीगडको कारण माग अनुसारको खुकुरी दिन सकेको छैन’ अर्का व्यावसायी हिरालाल श्रेष्ठ भने । व्यावसायलाई टिकाई राख्न सरकारी निकायबाट पनि सिप मुलक तालिम दिनु पर्ने स्थानियको भनाई छ ।