‘विकासका लागि सरकार प्रतिबद्ध भएर अघि बढिरहेको छ’

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको बिकासका लागी सरकार प्रतिवद्ध भएर अघि बढिरहेको बताउनुभएको छ । डोल्पो समाजले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले मुलुकका बिभिन्न स्थानमा सडक,पूर्वाधार लगायतका निर्माण कार्य अघि बढाउदै मुलुकलाई बिकासको बाटोमा अघि बढाइने बताउनुभएको हो । प्रधानमन्त्री ओलीले असुरक्षित अति दुर्गम र बिकास निम्ती बाधक बनेका बसोबासलाई अनुकुल स्थानमा सारिने  र यसका लागी प्रदेश तथा स्थानीय सरकारलाई आवश्यक निर्देशन दिईसकेको धारणा राख्नुभयो ।

उहाले बिद्यालय, स्वास्थ्य चौकी, बिजुली, खानेपानीका साथै जनजिविकाको अवसर भएका स्थानमा एकीकृत बस्ती बिकास गर्नेे सरकारको योजना रहको बताउनुभयो । अवको केहि बर्षमा नेपालमा अति दुर्गम स्थान नै नरहने प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँले डोल्पामा रहेका ऐतिहासिक स्थालहरुलाई संरक्षण गर्न पनि सरकार प्रतिवद्ध रहेको जिकिर गर्नुभयो । त्यस्तै डोल्पाली समाजका अध्यक्ष निमा रिम्पोछेले डोल्पाको बिकास र समृद्धिका साथै डोल्पाको सास्कृतिक सम्पदा बचाउनका लागी बिशेष कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा डोल्पाली समाजले डोल्पा जिल्लाको मारिम नाका र क्याटो नाकार क्याटो नाका बाह्ै महिना खुलाउन प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । त्यस्तै समाजले मुस्ताङ र डोल्पा दुई जिल्ला राष्ट्रिय सडकले जोड्नका लागी पहल गर्न पनि माग गरेको छ । कार्यक्रममा डोल्पाको भेषभुषा झल्कने साँस्कृतिक नाच र झाँकी प्रस्तुत गरिएको थियो ।