भोजपुर बसपार्कको लगानी बालुवामा पानी

0
Shares

गणेश विष्ट भोजपुर
निर्माणधिन भोजपुर वस पार्क अलपत्र वन्दा लाखौको लगानी वालुवामा पानी वनेको छ  । करिव ५ वर्ष अगाडीबाट भोजपुर सदरमुकाम नजिकै निर्माण थालिएको बसपार्क अलपत्र वनेको हो  । भोजपुर नगरपालिका –७ मा निर्माण कार्य थालिएको वसपार्क निर्माण कार्य अलपत्र छ ।

निर्माणले निरन्तरता नपाउदा केहि मात्रामा सम्याएको ठाउँ पानीले छियाछिया वनाएको छ भने ठाउँ ठाउँमा लगाएको पर्खाल समेत भत्किएका छन् । त्यस्तै ट्वाइलेट तथा अन्य संरचना पनि जीर्ण वनेका छन् ।

अहिले निर्माण स्थल झाडीमा परिणत भएको छ, भने थोरै रहेको खाली ठाउँमा पनि सामग्री भण्डार गर्ने स्थल वनेको छ । तर स्थानिय तहका जनप्रतिनिधि भने निर्माण कार्यलाई कस्ले निरन्तरण दिने भन्ने विषयमा अलमलमा रहेको वताउछन् । वडा नं ७ का अध्यक्षले भने‘ यो निर्माणमा करिव ४० लाख रुपैया खर्च भईसकेको छ तर स्थानिय तह कार्यान्वनमा आएपछि स्थानिय सरकार वा कस्ले काम गर्ने भन्ने अन्योल छ ।’

शुरुमा कोदार उपभोक्ता समितिले निर्माणको जिम्मा लिएर २० लाख खर्च गरेको र अर्को पटक आर एन आर निर्माण सेवा प्रालिले २० लाख रुपैयाको काम गरेको वडा अध्यक्ष तामाङ्गले जानकारी दिए । स्थानिय तहले तगत वर्ष केहि रकम विनियोजन गरेको भएपनि यस वर्ष  स्थानिय तहले कुनै रकम विनियोजन नगरेको उनले वताए ।

वर्ष पार्क करिव कुल ५ रोपनी क्षेत्रफलमा निर्माण थालिएको हो । शुरुमा सुरक्षा नभएको तथा अपायक परेको भन्दै व्यावसायीले वस लगेका थिएनन् । त्यसपछि लामो समय सम्म निर्माण कार्यमा चासो नदिँदा समस्या भएको हो । वसपार्क जीर्ण लगाएत अन्य विविध कारणले अन्यत्र वसहहरु राख्नु पर्ने वाध्यता रहेको वस व्यवसायीहरुको भनाई छ ।

 यातयात इन्चार्ज महेश राईले भने‘ हामीले शुरुमा सुरक्षाको कारण बस नगेको हो तर अहिले जिर्ण वसपार्कलाई स्तरउन्नती गरेर सुरक्षाको प्रत्याभुति  दिए हामी बस लैजान तयार छौ ।’ वसपार्क निर्माणमा ढिलाई हुँदायातयात व्यावस्थापनमा समस्या हुने गरेको स्थानियसंगै व्यावसायीहरुको गुनासो छ ।