समाचार प्रभाव: क्यान्सरपीडितलाई २ लाख सहयोग

0
Shares

नेपाल समाचारपत्र, सल्यान
सल्यान शारदा नगरपालिका–१३ अत्तरकाँडाका ३८ वर्षीय क्यानसरपीडित ऋषिराज भण्डारीलाई सहयोग रकम संकल भएको छ। क्यान्सरपीडिलाई सहयोगको अपिल शीर्षकमा नेपाल समाचारपत्रमा समाचार प्रकाशन भएपछि लामो समयदेखि क्यान्सर रोगले थलिनु भएका भण्डारीलाई सहयोग रकम संकलन भएको हो।

घरमा आर्थिक अवस्था कमजोर भएपछि उनी उपचारको अभावमा घरमै थलिएका थिए। आर्थिक अवस्था कमजोर भएपछि उपचार गर्न वञ्चित भनेर विभिन्न काठमाडौंबाट प्रकाशन हुँदै आइरहेको नेपाल समाचारपत्र, जिल्लाका सञ्चार माध्यम तथा पत्रपत्रिकामा समाचार प्रशारण, प्रकाशन भएपछि सहयोग रकम संकलन भएको हो। नेपाल समाचारमा समाचार प्रकाशन भएपछि भण्डारीको उपचारको लागि यूके, अमेरिका र कोरियाबाट करिब २ लाखभन्दा बढी रकम सहयोग भएको छ।

अहिले यूकेमा रहनुभएका, कबिता घर्तीमगर र एलबी गुरुङले १ लाख ६ सय ५०, अमेरिकामा रहनुभएकी इन्दिरा घर्तिमगर र शिवा बुढाथोकीले संकलन गर्नुभएको १ लाख ७ हजार ५ सय ५ रुपियाँ र कोरियामा रहनुभएकी नारायणी घर्तीमगरले संकलन गर्नुभएको १० हजार रुपियाँ उनलार्ई हस्तान्तरण गरिएको छ। संकल भएको २ लाख १८ हजार १ सय ५५ रुपियाँ उनलाई भेटेरै हस्तान्तरण गरिएको रकम संकलन सहयोगीले बताएका छन्।

उक्त रकम चितवन क्यान्सर अस्पतालमा पुगेर लोक विक्रम घर्तिमगर र अस्तित्व अभियान केसीले बिरामी ऋषिराज भण्डारीलाई हस्तान्तरण गरेका छन्। उनको हातमा क्यान्सर भएपछि अहिले हात काटिएको र उपचारमा अझै रकम लाग्न सक्ने पीडित परिवारले बताएका छन्।

उनको उपचारका लागि देश तथा विदेशमा रहेका नेपालीले रकम संकलन गरी अहिले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा उपचार भइरहेको सल्यानका युवा व्यवसायी लोकराज भण्डारीले बताए। उनका अनुसार आफूले पनि अहिलेसम्म करिब २ लाख रकम संकलन गरी परिवारलाई हस्तान्तरण गरिसकेको र अझै सहयोग रकम प्राप्त भइरहेको छ।