सरकार असफल भएको विवेकशीलको निष्कर्ष

0
Shares

काठमाडौं, (नेस)
अस्थिर सरकारको चपेटाबाट मुलुक गुज्रिएको विगतको परिप्रेक्षमा वर्तमान सरकारले एक वर्षको कार्यकाल पूरा गरेकामा विवेकशील साझा पार्टी प्रधानमन्त्री केपी ओलीलाई बधाई दिएको छ।

बलियो जनमत प्राप्त यो सरकार गठन हुँदा आम सर्वसाधारण र पार्टीले ठूलो अपेक्षा राख्दै शुभकामना दिएको, सरकारले पछि संसदमा दुई९तिहाईको समर्थन समेत प्राप्त ग¥यो, तर ऐतिहासिक शक्ति बोकेको सरकार हुँदा हुँदै पनि सरकारको काम कारबाही पीडादायी ढंगबाट निराशाजनक देखिएकामा विवेकशील साझा पार्टी अत्यन्तै चिन्तित भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ– ‘भ्रष्टाचार चुलिँदो छ। दण्डहीनताले प्रश्रय पाइरहेको छ। अर्थतन्त्रका प्रमुख सूचकहरूको संकेत नकारात्मक छन्। निजी क्षेत्र र लगानीकर्तामा उत्साह छैन। विकास र पूर्वाधार निर्माणमा अलमल र चरम नैराश्य छ।’

समाजवाद–उन्मुख भनिएको हाम्रो राज्य विपन्न र गरिब जनताको झुपडीमा पुग्ने कुनै संकेत देखिएको छैन। समग्रमा भन्नुपर्दा विकास र समृद्धिलाई मूल नारा बनाएको सरकारले सो हासिल गर्न रणनैतिक प्रस्थान बिन्दु नै पहिल्याउन नसकेको सो पार्टीले ठहर गरेको छ।

लोकतान्त्रिक अधिकार र नागरिक स्वतन्त्रता खुम्च्याउने गरी कानुन निर्माण हुँदै गरेको देखिएको र वैदेशिक सम्बन्धलाई राष्ट्रहितमा डो¥याउन आवश्यक कुटनैतिक चातुर्यतामा सरकार पटक–पटक चुकेको निष्कर्ष सो पार्टीले निकालेको छ। हाम्रो मौलिक संस्कृति र राष्ट्रिय स्वाभिमानप्रति समेत सरकारको असंवेदनशीलता बेलाबखतमा प्रकट हुनु खेदजनक भएको उल्लेख गरेको छ।

विगत एक वर्षको गम्भीर समीक्षा गरी अगाडिको बाटो तय गर्न विवेकशील साझा पार्टीले सरकारलाई आग्रह गरेको छ। सरकारका काम कारबाहीप्रति आलोचनात्मक भएर प्रधानमन्त्री स्वयंले अशोभनीय भाषा प्रयोग गर्दै असहिष्णु हुनुभन्दा आलोचनालाई सकारात्मकरूपमा ग्रहण गरी आम जनताको मन जित्ने कार्यशैली अपनाउन सो पार्टीले सरकारलाई आग्रह गरेको छ।