इन्टरनेट समस्याले बैंकिङ कारोबारमा बाधा

0
Shares

हुम्ला, (नेस)
सदरमुकाम सिमकोटमा रहेका बैंकहरूमा इन्टरनेटमा समस्या आएको छ। दैनिक आर्थिक कारोबारको चाप बढ्दा इन्टरनेटले काम नगरेपछि बंैकका कर्मचारीहरूले सेवाग्राहीहरूलाई सेवा दिन समस्या देखिएको हो। विहान ११ बजे सिटिजन्स बैंकमा ११ हजार रुपियाँको चेक साट्न पुग्नु भएका सिमकोट गाउँपालिका–२ का लोग भण्डारीले एक घण्टा भन्दा बढी समय कुर्नु परेको बताउनुभयो। अहिले दैनिक दिन बंैकमा तीन दर्जनभन्दा बढी सेवाग्राही धेरै समय कुरेर चेक साट्ने र पैसा जम्मा गर्ने गरेको बताउनुभयो।

बैंकमा जडान गरेको वल्र्डलिंक र नेपाल टेलिकमको एडीएसएल सेवाले राम्रोसँग काम नगर्दा समस्या आएकोे सिटिजन्स बैंक हुम्ला शाँखाका म्यानेजर प्रकाश महतले बताउनुभयो। इन्टरनेट एकातिर स्लो छ भने नेट जाने आउन भइरहेकोले घण्टांै लगाएर चेक साट्नु परेको बैंकका कर्मचारीले बताएका छन्। राष्ट्रिय बाणिज्य बैंकमा समस्या आएको हुम्ला शाखाका बैंकका म्यानेजर ठानसिंह विष्टले बताउनुु भयो। सदरमुकाम सिमकोटमै सञ्चालन हुँदै आएको मोती रेमिटमा पनि नेटले गर्दा निक्कै समस्या खेप्नु परेको प्रबन्धक नीता बोहोराले बताउनुभयो। हिमपातपछि सिमकोट बजार आसपासका सरकारी गैरसरकारी कार्यालय, वित्तीय संस्था र सञ्चारका माध्यम समेत प्रभावित पारेको सरोकारवालाको भनाइ छ।