नेपाल समाचारपत्र, काठमाडौं
साना तथा मझौला उद्यम व्यसायमा आबद्ध उद्यमी व्यवसायीहरूले नेपालका घरेलु, साना तथा मझौला उद्योग व्यवसायको प्रतिस्पर्धी क्षमता विकास, अन्तर्राष्ट्रिय बजारमा सहज पहुँच, गुणस्तर सुधार तथा सीप विकासका लागि यस क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्थाको सहयोग अपरिहार्य भएको कुरामा जोड दिएका छन् ।
आर्थिक सहयोग तथा विकासका लागि संगठनको दक्षिण पँर्वी एसिया हेर्नुहुने साना तथा मझौला व्यवसाय सम्बन्धी नीति तथा परियोजना प्रबन्धक म्याक्स बुलाकोभोस्कीको उपस्थितिमा बिहीबार घरेलु, साना तथा मझौला उद्योगको विद्यमान अवस्थासम्बन्धी अन्तत्र्रिmया कार्यक्रममा सहभागी उद्यमीहरूले ओइसीडी जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूको सहयोग नेपाली उद्यमी व्यवसायीहरूले खोजेको बताएका थिए ।
विशेष गरी नेपालका साना तथा मझौला उद्योग व्यवसायले पर्याप्त वित्तीय सहयोगको अभाव, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा सहज पहुँच, नीतिगत अप्ठेरा, कमजोर संस्थागत संयन्त्र, पुरानै परम्परा अनुसार व्यवसाय सञ्चालन गर्नुपर्ने बाध्यता, नवीन प्रविधिको प्रयोग तथा पर्याप्त सँचनाको भावलगायतका समस्या भोग्नु परेको छ ।
कार्यक्रमको प्रारम्भमा महासंघका उपाध्यक्ष किशोर कुमार प्रधानले नेपाल जस्ता मुलुकका लागि घरेलु, साना तथा मझौला उद्योग व्यवसायको निकै ठँलो महŒव रहेको तर विभिन्न कारणबाट यो क्षेत्र अगाडि बढ्न नसकेकाले ओइसीडी जस्ता यसै क्षेत्रमा कार्यरत संस्थाहरूबाट सहयोगको अपेक्षा नेपाली निजी क्षेत्रले गरेको बताउनुभयो ।
कार्यक्रमबाट ओइसीडीसँगको सहकार्यलाई आगामी दिनमा अगाडि लैजान थप सहयोग पुग्ने विश्वास आफँहरूले गरेको पनि उहाँले स्पष्ट पार्नुभयो । सहभागी उद्यमी व्यवसायीहरूले ओइसीडीबाट खासगरी अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन, गुणस्तर सुधार, प्रविधि प्रयोग, नेपाली उत्पादनहरूको अन्तर्राष्ट्रिय ब्रान्ड स्थापनालगायतमा सहयोगको अपेक्षा गरेको सो अवसरमा बताएका थिए ।
महासंघको प्रदेश नम्बर ३ का अध्यक्ष दिनेश श्रेष्ठ र महासंघको घरेलु तथा साना उद्योग समितिका सभापति डीबी बस्नेतले नेपालको औद्योगिक विकासको महŒवपँर्ण आधारको रूपमा रहेको एसएमइजलाई प्रभावकारी ढंगले अगाडि बढाउन ओइसीडी र महासंघबीच सहकार्यमा जोड दिनुभयो ।
ओइसीडाका दक्षिण पँर्वी एसिया हेर्नु हुने साना तथा मझौला व्यवसायसम्बन्धी नीति तथा परियोजना प्रवन्धक म्याक्स बुलाकोभोस्कीले ओइसीडीका बारेमा प्रस्तुती दिनुहुँदै नेपाली उद्यमीहरूबाट पाएका सुझावका आधारमा के कसरी सहकार्य गरी अगाडि बढ्न सकिन्छ आफँले सकेको सहयोग गर्ने विश्वास दिलाउनुभयो ।
ओइसीडीले निजी क्षेत्रसँग विशेष गरी लगानी प्रवद्र्धन, ग्लोवल भ्यालु चेन, एसएमइजको विकास, उद्योग व्यवसायको पक्षमा लवि गर्ने, मनिटरिङ सपोर्ट लगायतमा कार्य गर्दै आएकाले आउँदा दिनमा के कसरी सहकार्य गर्न सकिन्छ महासंघसँग सम्पर्कमा रहेर कार्य गर्ने विश्वास दिलाउनुभयो ।
सो अवसरमा नेपालमा साना तथा मझौला उद्यम व्यवसायको वर्तमान स्थितिका विषयमा महासंघका निमित्त महानिर्देशक गोपाल प्रसाद तिवारीले प्रस्तुती दिनुहुँंदै यस क्षेत्रमा अध्ययन अनुसन्धान तथा सँचना विकास, नेपाली उत्पादनहरूलाई अन्तर्राष्ट्रिय बजारसम्म पहुँच बिस्तार र प्रविधि प्रयोगमा लगायतका क्षेत्रमा ओइसीडीसँग सहकार्य हुन सक्ने सम्भावना औंल्याउनुभयो ।











प्रतिक्रिया