नयाँ रुपमा हुन्डाई स्यान्ट्रो आयो

0
Shares

काठमाडौं, (नेस)
नेपालका लागि हुन्डाई मोटरको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नक्सालंमा नयाँ शोरुमको स्थापना गरेको छ । सो शोरुमद्वारा ग्राहकलाई पुनः परिभाषित बिक्री अनुभव सेवा प्रदान गरिने कम्पनीले जनाएको छ ।

नेपाली बजारमा बढ्दै गरेको हुन्डाईको माग पँर्ति गर्नुको साथ–साथै प्रिमियम बिक्री सेवा प्रदान गर्नु सो डिस्प्ले शोरुम स्थापना गर्नुको मुख्य उद्देश्य रहेको कम्पनीको भनाइ छ ।

नेपालका लागि द रिपब्लिक अफ कोरियाका महामहिम राजदँत पार्क योङ सिक, हुन्डाई मोटर कम्पनी, एसिया हेडक्वार्टर प्रमुख योङ सुक ली तथा लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठद्वारा संयुतm रुपमा नक्साल शोरुम उद्घाटन गर्नुभएको छ ।

ग्राहकका निम्ति उत्कृष्ट बिक्री सेवा अनुभव दिन नक्सालको नयाँ शोरुमले थप मद्दत गर्नेछ । यो शोरुमको डिजाइन हुन्डाईको न्यँ ग्लोबल डिलरसिप स्पेस आईडेन्टिटीको निर्देशनअनुसार बनाइएको छ । जसमा ३२०० स्क्वारफिट गाडी डिस्प्ले एरिया र ६००० स्क्वारफिट भन्दा बढी ग्राहक लाउन्ज, बिक्री सल्लाहकार कक्ष, सम्मेलन कक्ष आदि छ । विद्युतीय गाडीहरु चार्ज गर्दै पार्क गर्ने सुविधाका साथै अन्य गाडीहरुको प्रशस्त पार्किङको पनि व्यवस्था गरिएको छ । यस सोरुमले नेपालको अटोमोटिभ उद्योगलाई उच्चतहमा पु¥याउन मद्दत गर्नेछ ।

हुन्डाईका गाडीहरु सधै नेपाली ग्राहकहरुको छनोटमा पर्दै आएको छ । आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा अनुभुति दिलाउन हुन्डाईले आफ्नो विश्वसनियता कायम गर्दै उच्च गुणस्तरीय गाडीहरु उत्पादन गर्दै आएको छ ।