चिनीको भन्सारदर बढाउन माग

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
नेपाल चिनी उत्पादक संघले चिनीको भन्सार शुल्क ६० प्रतिशत कायम गर्न सरकारसँग माग गरेको छ । नेपाली बजारमा उत्पादित चिनीले बजार नपाएको भन्दै आयतित चिनीमा भन्सार शुल्क बढाउन संघले माग गरेको हो ।
नेपाल चिनी उद्योग संघले आयातित चिनीको भन्सार बिन्दँमा लाग्ने ३० प्रतिशत भन्सार शुल्कलाई बढाएर ६० प्रतिशत पु¥याउन माग गरिएको हो ।

आयातित चिनीले स्वदेशी चिनीसँग प्रतिस्पर्धा गर्न नसक्दा नेपालमा उत्पादित चिनीले बजार नपाउँदा उत्पादित चिनी मौज्दात राखेर नै नयाँ सिजनको उखु पेल्न थालिएको भन्दै संघले भन्सारदर बढाउन माग गरेको हो ।

सरकारले आयातित चिनीमा कडाई गर्न नसक्दा हाम्रो बजारमा उत्पादित चिनीले बजार नपाएकाले गर्दा हामीले उखु किसानको मँल्य भुक्तानी गर्न नसकेको संघका अध्यक्ष शशिकान्त अग्रवालले बताउनुभयो । किसानले करिब ३१ करोड रुपियाँ भुक्तानी पाउन बाँकी छ ।

खुल्ला सिमाना कारण अवैध तवरबाट चिनी आउने भएकाले नेपाली बजारमा उत्पादित चिनीले बजार नपाएको कारण सो परिमाण चिनी मौज्दात भएको संघको भनाइ छ । अवैध बाटोबाट ५५ रुपियाँमा चिनी आयात भएको बेला १ किलो उखु उत्पादनको लागत मँल्य ५५ रुपियाँ भुक्तानी गर्नु परेको संघले जनाएको छ । किसानसँग उखु खरिद गर्दा र बजारमा बिक्रीको लागि पठाउँदा प्रतिकिलो करिब ७८ रुपियाँ लागत मँल्य रहेको संघको भनाइ छ ।

गत वर्ष ठँलो परिमाणमा चिनी आयात भएका कारण पनि आन्तरिक बजारको चिनी मौज्दात रहेको संघको भनाइ छ । नेपालमा बार्षिक २ लाख ५० हजार मेट्रिक टन चिनी खपत हुने गरेको छ ।

सरकारले हालै प्रतिक्विन्टल ४ सय ७१ रुपियाँ २८ पैसा उखुको मँल्य तोकेको थियो । सरकारले तोकेको मुल्य भन्दा कम मँल्यमा किसानले उखु खरिद गर्ने गरेको संघीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा संसदले केही समय अघि आरोप लगाएका थिए। नेपाली बजारमा यस वर्ष २ सय ३० टन चिनी उत्पादन हुने संघको प्रक्षेपण गरेको छ ।

आन्तरिक बजारमा एक लाख ७७ हजार मेट्रिक टन उत्पादन गर्दै आएका छन्। यसरी नेपाली बजारमा माग र आपँर्तिको सन्तुलन नमिल्दा अपुग चिनी भारत, पाकिस्तानलगायतका देशबाट आयात हँुदै आएको छ ।