मेलम्चीमा सीएमसीलाई नै फकाउने प्रयास जारी

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
मेलम्ची खानेपानी आयोजनाको निर्माणका लागि पुनः इटालियन सीएमसीलाई फर्काउने प्रयास भइरहेको खानेपानी मन्त्री बिना मगरले बताउनुभएको छ । बिहीबार संघीय संसदको अर्थ समितिको बैठकमा बोल्दै मन्त्री मगरले सो कुरा बताउनु भएको हो ।

बैठकमा बोल्दै मन्त्री मगरले भन्नुभयो–‘सीएमसी र हामीले दुवैतर्फबाट मेलम्चीको ठेक्का तोड्ने निर्णय गरेका छौं । तर, ठेक्का तोडिए पनि कम्पनी पुनः काममा फर्किन तयार छ भने उसबाट नै काम गराउने पक्षमा मन्त्रालय र सरकार रहेको छ । सीएमसीबाट बाँकी काम गराउने विषयमा कुनै कानुनी जटिलता भने छैन ।’

मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सीएमसीसँग ठेक्का सम्झौता तोडेर सरकार कानुनी रुपमा कहिँ कतै नचुकेको दाबी गर्दै मन्त्री मगरले सीएमसीसँग ठेक्का तोड्नुपर्ने कानुनी बाध्यता रहेकाले ठेक्का तोडिएको बताउनुभयो ।

मेलम्चीको काम शुरु गर्ने विषयमा मन्त्रालयले दुई विकल्पमा छलफल गरिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–‘हामीसँग दुई विकल्प छन् । एउटा सीएमसीलाई फर्काउने र दोस्रो नयाँ टेन्डर गर्ने । तर, हामीले पहिलो विकल्पलाई प्राथमिकतामा राखेका छौं । ’ अझै पनि सीएमसी आउँदा नेपाललाई फाइदा नै हुन्छ । हामीले सीएमसी नै फर्काउने र नयाँ टेन्डर गर्ने, यी दुवै विकल्पमा गृहकार्य गरेका छौं ।

बैठकमा खानेपानी मन्त्रालयका सहसचिव तेजराज भट्टले मेलम्चीको काम अन्तिम अवस्थामा रहेकाले बाँकी काम सम्पन्न गर्ने विषयमा लागतको पुर्नमँल्यांकन भइरहेको बताउनुभयो । उहाँले अब मेलम्चीमा भुईं ढलान, भेन्टिलेसन साफ्टको निर्माण, गेट निर्माण, हेडवक्र्स र फिनिसिङलगायत ७ वटा काम बाँकी रहेको जानकारी दिनुभयो ।

बैठकमा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक सँर्यराज कंँडेलले सीएमसी नै काममा फर्किदा लागत कम हुने र समय बचत हुने भएकाले पहिलो विकल्पमा राखिएको बताउनुभयो । कार्यकारी निर्देशक कंँडेलले यदि सीएमसी काममा नआए विशेष परिस्थिति घोषणा गरेर सरकारले अर्को निर्णय गर्न सक्ने धारणा राख्नुभयो ।