काठमाडौ । प्रज्ञा लालाबाला दोश्रो एकल बाल नाटक महोत्सव राजधानीमा शुरु भएको छ । महोत्सवको लेखक तथा बरिष्ठ साहित्यकार अभि सुवेदीले उद्घाटन गर्नु भएको थियो ।
उदघाटनका अबसरमा काठमाडौ प्रज्ञा कुञ्ज स्कुलले कुमारी नृत्य प्रस्तुत गरेको थियो । रंगकर्मका साथै विद्यालयहरुमा रंगकर्म पढाई रहेका १६ जना रंगकर्मीहरुलाई थिएटर एजुकेसन सम्मान गरिएको थियो ।
महोत्सवमा काठमाडौ प्रज्ञा कुञ्ज स्कुलकी प्राचार्य सुनिता पौडेलले महोत्सव गर्नुको उद्देश्य र विद्यालयहरुमा रंगकर्मको प्रभावको बारेमा प्रकाश पार्नुभएको थियो ।
काठमाडौ प्रज्ञा कुञ्ज स्कुलकी त्रिसा भट्टले अप्रतियोगी नाटक देखाएकी थिईन् । एम्बिसन एकेडेमीकी प्रेरणा भट्टराईले अभिनय गरेको मेरी मुसी नाटकमा आफ्नी बहिनी बलात्कार भएको घटना समेटिएको थियो ।
त्यसैगरी विभुती पाठशालाका सुमन लामा, लिटिल एन्जलस स्कुलका कुशलबहादुर थापा र आयुष्मा पौडेल, लाके आवाशिय माविकी दिपशिखा धिताल, केएमसी स्कुल शंखमुलका आकार थापा, प्यारागन स्कुलकी शुभेच्छा तिमल्सिना, ग्लोबल पब्लिक स्कुलका श्रदेय भट्टराई, एमिल एकेडेमीका प्रबुद्ध खरेल, बागमती बोर्डिङ्ग स्कुलका कृतज्ञ भट्टराई, काभ्रे मावि, बनेपाकी खुशी तिमल्सिना, आकाशगंगा ईन्टरनेसनल एकेडेमी, काठमाडौकी सपना धिमालले विभिन्न विषयका नाटकमा अभिनय गरेका थिए ।
त्यसैगरी महोत्सवको दोश्रो दिन बालसाहित्यकार शान्तादास मानन्धर प्रमुख अतिथि हुनुहुन्थ्यो । विहिवार फुलब्राईट स्कुल, भक्तपुरका बालकलाकार सिद्धार्थ गिरीले हजुरको बुट नाटकमा अभिनय गरे । हिलारी स्कुल, गौरीघाटकी स्तुति पौडेल, जुगल ईं स्कुलकी स्मेरा विष्ट, कान्जिरोवा नेसनल स्कुलकी प्रिसा चौधरी, शुभकामना एकेडेमीकी अपेक्षा आचार्य, त्रियोग हाई स्कुलकी मरिसा ढकाल, र अर्मन घिमिरे, ग्ल्याड स्टोन स्कुलकी रास्ट्रिका खड्का, ब्राईट फ्युचर उ. मा. विका प्रशान्त हुमागाँई, र स्मारिका पान्डे, टाईम्स ईन्टरनेसनल स्कुलका श्रेयस श्रेष्ठ, अमिनटी ई. स्कुलका क्षितिज बस्नेत, अक्षरा स्कुलकी कुसुम कार्की, अमा दबलम एकेडेमीकी लिजा मोती काठमाडौ विनायक शिक्षालय गंगा थपलिया, ग्रिनफिल्ड नेसनल स्कुल रचना अधिकारीले अभिनय गरेको नाटक मञ्चन भएको थियो ।
काठमान्डौ प्रज्ञा कुञ्ज स्कुलले आयोजना गरेको यो महोत्सवलाई स्कुल थिएटर नेपालले सघाएको छ । महोत्सवमा ४१ विद्यालयका ४९ जना बालकलाकारले अभिनय गर्ने छन् ।
ति मध्ये १५ जना बालबालिका उपत्यका बाहिरबाट आएका छन् । उपत्यका बाहिरबाट आउने सहभागीहरुलाई आयोजकले नै खाने बस्ने सुविधा उपलब्ध गराएको छ ।
हरिहर शर्मा र देशभक्त खनाल निर्णायक रहनु भएको यो महोत्सवबाट उत्कृष्ट पाँच नाटक छानिने छ । उक्त पाँच नाटकलाई श्रीलंकाका हुने एकदिने महोत्सवमा मञ्चन गरिने छ । यसको संयोजन श्रीलंकाकै रेड एप्पल थिएटर ग्यादरिङले गर्नेछ ।
आज शुक्रबार राजधानी बाहिरबाट आएका विद्यालयहरुको नाटक मञ्चन सहित समापन कार्यक्रम गरिने छ ।











प्रतिक्रिया