स्मार्ट एप्लायन्सका एयरटेक एयर कुलर बजारमा

0
Shares

काठमाडौं, (नेस)
के एल दुगडअन्तर्गत स्मार्ट एप्लायन्स प्रालि नेपालका लागि एयरटेक एयर कुलरको एक मात्र आधिकारिक वितरक कम्पनीले ७ देखि ६० लिटरसम्म क्षमता भएको एयरटेक एयर कुलर बजारमा सार्वजनिक गरेको छ ।

एयरटेक हङकङको एयर कुलर उत्पादन गर्ने लोकप्रिय ब्राण्ड हो । एयरटेक एयर कुलरका सबै मोडलका उच्च प्रिमियम क्वालिटिले बनेका छन् जुन उच्च प्रदर्शन गर्नुका साथै टिकाउ पनि छन् ।

स्मार्ट एप्लायन्स प्रालिले एयरटेक इटी ८०० एई एयर कुलर नेपाली बजारमा ल्याएको छ । यसलाई कार्बन डस्ट पिल्टर सहितको पोलिम्बर बडी सामग्री, अर्र्थिङ सेफ्टी, हनिकम्बो र आइस् च्याम्बरले इन्जिनियरिङ गरिएको छ । ७ लिटरको डिस्प्याचेबल पानी ट्याङकीको क्षमता भएको एयरटेक यसमा ४ स्पीड ब्लोवर कन्ट्रोल छ जसले प्रतिघण्टा ३०५ क्यँविक मिटर एयर डेलिवर गर्छ जुन कम स्थान भएकाहरुका लागि एकदमै सहि विकल्प हो ।

यसमा १ वर्षको वारेन्टी पनि छ । एयरटेक बल्बको भन्दा कम विद्युत खपत गर्ने एयर कुलर हो । यसको एलईडी कन्ट्रोल प्यानल रिमोटबाट सञ्चालन हुन्छ र यसमा अफ टाइमर विशेषता भएको कम्पनीको भनाइ छ ।