एम्बुलेन्स किन्न मोटरसाईकल त्यागे वडाअध्यक्षले

0
Shares

नुवाकोट ।
नुवाकोटको विदुर नगरपालिका वडा नं ९ का वडाध्यक्ष सनी चित्रकारले नगरपालिकाले सुविधावापत दिएको पैसा एम्बुलेन्स किन्नका लागी त्यागेका छन ।
नगरपालिकाले सरकारी सुविधा अन्तर्गत सवारीसाधन खरीदका लागि दिएको तीन लाख पचास हजार रुपैयाँ वडामा अति आवश्यक रहेको एम्बुलेन्स खरीदका लागि उक्त बजेट छुट्टाएर उनी निजी सवारीसाधनमा आवातवाजत गर्दै आएका छन । नगरपालिकाले खरिद गर्ने एम्बुलेन्स सेवाको ब्यवस्थापनका लागि वडा वडाअध्यक्ष चित्रकारले नगरपालिकाबाट आफूलाई प्राप्त मोटरसाईकल सुबिधा नलिने घोषणा गरेका हुन ।
वडाअध्यक्ष चित्रकारले आफ्नो वडामा मोटरसाईकल खरिदका लागि बिनियोजन गरिएको रकम एम्बुलेन्स सेवाको ब्यवस्थापनका लागि प्रयोग गर्न नगरपालिकालाई आग्रह गरेका हुन । उनले आफ्नो सुबिधाभन्दा पनि नगरबासीका लागि ब्यवस्थित एम्बुलेन्स सेवा संचालन आवश्यक रहेकाले मोटरसाईकल सुबिधा नलिने निर्णय गरेको बताए ।