होलेरीबाट संमृद्धिको बहस थालनी हुने

282
Shares

महेश न्यौपाने,रोल्पा
२०५२ साल फाल्गनु १ गते तत्कालिन नेकपा माओवादीले संचालन गरेको शसस्त्र युद्धमा पहिलो पटक चौकी आक्रमण गरिएको होलेरीमा विकास सम्मेलन हुने भएको छ । संवृद्धीका लागी विकास सम्मेलन नाम दिइएको सो सम्मेलन रुन्टीगढी गाउँपालिकाले गर्ने भएको छ । सम्मेलनमा पर्यटकीय क्षेत्रको विकास र संवृद्धीको वारे सरोकारवाला वीच वहस हुने भएको छ ।

यही फाल्गुन ९ र १० गते हुन लागेको उक्त विकास सम्मेलन स्थानीय तहको अगुवाईमा पहिलो पटक हुन लागेको हो । धार्मिक,पर्यापर्यटन र युद्ध पर्यटनको संभावना रहेको सो क्षेत्रको विकासका लागी सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

रुकुम,दाङ, सल्यान र रुकुम पूर्वको नाकाको रुपमा रहेको होलेरी क्षेत्रको विकास गरे ती जिल्लाको समेत पर्यटन विकासमा मद्धत पुग्ने रुन्टीगढी गाउँपालिका अध्यक्ष वालाराम वुढाले वताए । समग्र प्याकेज वनाएर अघि नवढे सम्म यस क्षेत्रको पर्यटन विकासको संभावना छैन अध्यक्ष वुढाले भने । छिमेकी जिल्लाको सरोकारवालाको समेत उपस्थितिमा वहस गर्ने सोच वनाएका छौ अध्यक्ष वुढाले भने ।

रोल्पाको जलजला, थवाङ, जेल्वाङ र होलेरी क्षेत्र, रुकुम पूर्वको महत, काँक्री तकसेरा लगायतका क्षेत्र, दाङको थारुगाउँ र त्यहाँको संस्कृतीलाई पर्यटन प्याकेज र सर्किटको समेत खोजी हुने भएको छ । दश वर्षे सशस्त्र द्धन्दको उद्गम थलो मानिने राप्तीका विभिन्न क्षेत्रलाई युद्ध पर्यटनको रुपमा जोड्न सकिने संभावना समेत उक्त सम्मेलनमा छलफल गरिने भएको छ ।

युद्धकालिन अवशेषहरु, गुरिल्ला ट्रेलको संभावना समेत सम्मेलनको छलफलका विषय हुनेछन । यसैगरि एशिया महादेशकै ठूलो उपत्यका रहे पनि उष्ण हावापानी रहेको दाङलाई निकै छोटो दुरीमा रहेको समशितोष्ण हावापानी रहेको होलेरी संग जोडि होलेरीलाई हिल स्टेशनको रुपमा विकास सम्मेलनको अर्को उद्धेश्य रहेको छ ।

सल्यान,रुकुम,प्यूठान र दाङ जिल्लाको मध्य भागमा रहेको रोल्पालाई संवृद्धीको यात्रामा डो¥याउन सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने आयोजकले अपेक्षा गरेका छन । सम्मेलनमा रोल्पा, सल्यान, रुकुम पूर्व, रुकुम र प्यूठानको पर्यटकीय स्थलको विकासका लागी साझा कार्यक्रम र संभावनाको छलफल गरिने भएको छ । प्यूठानको स्वर्गद्धारी, रोल्पाको रुन्टीगढी, होलेरी, जलजला, दाङको वाह्रकुने ताल, रिहार, चौघेरा, सल्यानको छायाँ क्षेत्र, खैरावाङ तथा रुकुम पूर्वको कमल दहको समग्र र वेग्ला वेग्लै सर्किट एवम् प्याकेजको संभावना पहिचान हुने भएको छ । यस क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रलाई लम्विनि संग कसरी जोड् सकिन्छ भन्ने विषयमा समेत संभावना पहिल्याईने वताइएको छ ।

सम्मेलनवाट गाउँपालिकाको मात्रै नभएर समग्र राप्ती क्षेत्रको मुख्य सम्भावना पहिचान हुने रुन्टीगढी गाउँपालिकाका पर्यटन फोकल पर्सन दिपेन्द्र डिसीको भनाई छ । गाउँपालिकाको कृषि,पर्यटन र पूर्वाधार विकासका लागी समेत सम्मेलनले योगदान पु¥याउछ डिसीले भने ।

सम्मेलनमा उर्जा,जलश्रोत तथा सिचाई मन्त्री वर्षमान पुन,प्रदेश मन्त्री,रोल्पावाट प्रतिनिधि सभा, राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधि,पर्यटन क्षेत्रका जानकार, विकास साझेदार, संचारकर्मी र नागरिकहरुको सहभागिता रहने आयोजकले जनाएका छन ।