प्रधानसेनापतिद्वारा दज्र्यानी चिन्ह प्रदान

0
Shares

काठमाडौ (नेस) उपरथी दर्जामा पदोन्नती हुनु भएका पाँच जना सहायक रथीहरु बालकृष्ण कार्की,सरोज प्रताप राणा, अनन्त कार्की, सिताराम खड्का र ताराध्वज पाण्डेलाई जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच बीच प्रधानसेनापति पूर्णचन्द्र थापाले उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्नु भएको छ ।

पदोन्नती हुनुभएका उपरथी बालकृष्ण कार्कीलाई सूदुरपश्चिम पृतनापति, उपरथीसरोज प्रताप राणालाई उत्तरपश्चिम पृतनापति, उपरथी अनन्त कार्कीलाई कार्यरथी विभाग, उपरथी सिताराम खड्कालाई मध्यपश्चिम पृतनापति र उपरथी ताराध्वज पाण्डेलाई निरिक्षणाधिकृत कार्यालयको जिम्मेवारी दिईएको छ ।