दृष्टिविहीनका लागि स्मार्ट स्टिक

0
Shares

काठमाडौँ, (नेस) । विद्यालय स्तरमै विभिन्न प्राविधिक आविस्कार भइरहेका बेला एक विद्यालयका विद्यार्थीले दृष्टिविहीनका लागि उपयोग गर्न सकिने स्मार्ट स्टिकको आविस्कार गरेका छन् । बाफलस्थित हार्टल्यान्ड एकेडमीमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीको समूहले यसको आविस्कार गरेको हो ।

बुधबार विद्यालयमा आयोजित विज्ञान प्रदर्शनीमा यसको प्रदर्शन गरियो । फिजिक्स शिक्षक निकेश न्यौपानेको नेतृत्वमा राज श्रेष्ठ, नवराज थापामगरलगायत विद्यार्थीले उक्त स्टिक बनाएका हुन् । यसले ३० मिटर टाढा केही चिज आए साइरन बजेर संकेत दिने हुँदा दृष्टिविहीनलाई उपयोगी हुने एक छात्राले नेपाल समाचारपत्रलाई बताइन् । यो करिब २ हजार लागतमा उपयोग गर्न मिल्ने गरी बन्ने र भविष्यमा अझ परिस्कृत गरेर दृष्टिविहीनलाई हस्तान्तरण गर्ने योजना रहेको कलेज कोअर्डिनेटर भीमसिंह साउदले बताउनुभयो ।

करिब २० वटा स्टलमा विद्यार्थीले ग्रिन हाउस, अटोमेटिक स्ट्रिट लाइट, हार्ट फंक्सन, विन्ड मिल, सेन्सर रोबोट, लाइटको माध्यमबाट डाटा ट्रान्सफर हुने लाइफाइलगायतको प्रदर्शन गरेका थिए ।