दिदीबहिनी कप एपीएफलाई


पर्वत, (नेस)
डिफेन्डिङ च्याम्पियन न्यु डायमण्ड एकेडेमीलाई पराजित गर्दै पर्वतमा भएको तेस्रो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि नेपाल एपिएफ क्लबले जितेको छ। पर्वतको कुस्मामा बुधबार भएको फाइनल खेलमा एपीएफले न्यु डायमन्डलाई ४ सेटमा हराएको हो ।

टोलीले सो खेल २५–१८, २६–२४, २१–२५ र २५–२१ ले जितेको थियो । योसँगै एपिएफले २ लाख रुपैयाँ र न्यू डायमण्डले नगद १ लाख प्राप्त गरे । यस्तै त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले तेस्रो स्थान हासिल ग¥यो ।