एलआईसी नेपालको ‘जीवन साथी’ योजना आयो

0
Shares

काठमाडौं, (नेस) ‘रहने छ साथ, जीवन पश्चात्’ भन्ने सन्देशका साथ एलआईसी नेपालले ‘जीवन साथी’ नामक जीवन बीमा योजना बजारमा ल्याएको छ । बुधबार एक समारोहका बीच ‘जीवन साथी’ योजनाको औपचारिकरुपमा सार्वजनिक अनावरण बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले गर्नुभयो ।

यो योजनामा १८ देखि ६० वर्षसम्म उमेरका व्यक्तिले भाग लिन सक्नेछन् । कम्पनीका अनुसार न्यँनतम बीमांक रकम २ लाख कायम गरिएको छ भने अधिकतम् बीमांकको सीमा बीमा अन्डरराइटिङ नियमानुसार जति पनि लिन सकिन्छ । यस योजनामा बीमा अवधि १५ वर्षको हुनेछ । बीमा अवधिमा बिमितको निधन भएमा बीमांक र बोनस रकम निजको श्रीमान वा श्रीमतीलाई प्रदान गरिन्छ र बाँकी अवधिको लागि निजको श्रीमान् वा श्रीमतीलाई बीमांकको ५० प्रतिशत निःशुल्क जीवन बीमा जोखिम बहन गरिन्छ ।

न्यँन बीमा शुल्कमा लिन सकिने यो जीवन साथी योजनामा अधिकतम् ७५ लाख रुपियाँसम्मको दुर्घटना लाभ र स्थायी असक्तता लाभसमेत उपलब्ध छन् । २ वर्षको बीमा शुल्क भुक्तानीपश्चात् बिमितले कम्पनीबाट कर्जा तथा बीमा समर्पण सुविधासमेत लिन सक्नेछन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलपी दासले बिमितले यस बीमा योजनामार्फत आफ्नो जीवन साथीप्रति अपार माया र स्नेह दर्शाउँदै परिवारमा वित्तीय सुरक्षा प्रदान गर्न सकिने बताउन्भयो । कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले नयाँ बीमा योजनाको बारेमा प्रकाश पार्नुभएको थियो ।

उहाँले नेपालमा प्रायः पुरुष वर्गले जीवन बीमा लिने गरेको र महिला वर्गको ठँलो हिस्सा जीवन बीमाबाट बन्चित रहने गरेको चर्चा गर्दै त्यस्ता महिला वर्गलाई पनि निःशुल्करुपमा बीमा जोखिम प्राप्त होस् भनेर कम्पनीले यो जीवन साथी बीमा योजना बजारमा ल्याएको बताउनुभयो ।