‘भ्यालेन्टाइन्स डे विथ ओपो’ कन्टेस्टका विजेता छनोट

0
Shares

काठमाडौं, (नेस)
ओपोले ‘भ्यालेन्टाइन्स डे विथ ओपो’ कन्टेस्टका विजेता घोषणा गरेको छ । ओपोले भ्यालेन्टाइन्स डे र यसलाई रुचिपँर्वक मनाउने मातलाई लक्षित गर्दै यो कन्टेस्टको घोषणा गरेको हो । फेबु्रअरी ५ देखि ११ तारिखसम्म कम्पनीको आधिकारिक सामाजिक सञ्जाल (फेसबुक र इन्स्टाग्राम) मार्फत सञ्चालित उक्त कन्टेष्टमा युवा जमातको चाखलाग्दो सहभागिता देखिएको थियो ।

प्रतियोगितामा सहभागिताका लागि इच्छुकले कम्पनीको आधिकारिक फेसबुक वा इन्स्टाग्राम पेजमा आफ्ना प्रियजनसंँग आफ्नो एक तस्वीर ह्याशट्याग ओपोडेट र ह्यासट्याग ओपो एनपीको अनिवार्य प्रयोगसहित पोस्ट गर्न आग्रह गरिएको थियो ।

सहभागीमध्ये प्रतिना प्रधान र आयुश कार्की कन्टेस्टका विजेताका रुपमा छनोटमा परेका छन् । दुवै विजेताले कम्पनीका तर्फका फेब्रुअरी १४, भयालेन्टाइन्स डेका दिनमा दुई–दुई जनाका लागि पँर्ण प्रायोजित ‘आपो डेट’ जितेका छन् ।