सिभिल बैंक र सानिमा लाइफ इन्स्योरेन्सबीच सम्झौता

0
Shares

काठमाडौं, (नेस)
सिभिल बैंकले जीवन बीमा सेवालाई विस्तार गर्ने उद्देश्यले सानिमा लाइफ इन्स्योरेन्ससँग सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा सिभिल बैंकका तर्फबाट चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्य र सानिमा लाइफ इन्स्योरेन्सका तर्फबाट महाप्रबन्धक शिवराम तिमल्सिनाले हस्ताक्षर गर्नुभयो ।

अब सानिमा लाइफका जीवन बीमा सेवालाई सिभिल बैंकका सबै शाखामार्पmत उपलब्ध गराउने शाक्यले बताउनुभयो । सिभिल बैंकले यसअघि विभिन्न जीवन बीमा कम्पनी तथा निर्जीवन बीमा कम्पनीहरुसंग सम्झौता गरी जीवन बीमा तथा निर्जीवन बीमा सेवा उपलब्ध गराउँदै आएको छ ।