टाटा मोटर्सको विराटनगर नयाँ शोरुम

0
Shares

काठमाडौं, (नेस)
भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सले आफ्ना उत्पादन बिक्री वितरणका लागि विराटनगरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङको विराटनगरका लागि आधिकारिक वितरक गोयल अटो प्रालिले बुधबारदेखि शोरुम सञ्चालनमा ल्याएको हो ।

तीन हजार वर्गफिट क्षेत्रफलमा विराटनगरको पिपलबोटमा अवस्थित यो शोरुम शहरकै ठँला शोरुममध्ये एक रहेको कम्पनीको दाबी छ । उक्त शोरुममा टाटा मोटर्सका सम्पँर्ण रेन्जका कार उपलब्ध हुनेछ।

शोरुमको उद्घाटन समारोहबीच बोल्दै, टाटा मोटर्स अन्तर्र्रािष्ट्रय व्यापारका प्रमुख, सुजन रोयले भन्नुभयो–‘टाटा मोटर्सका लागि महŒपँर्ण मानिएको नेपाली बजारमा यस प्रकारको उच्चस्तरीय शोरुम सञ्चालनले कम्पनीको ग्राहकलाई उच्च सुविधा दिने हाम्रो प्रयत्नलाई सबल बनाएको छ ।

ग्राहकको सन्तुष्टि हाम्रो उच्च प्राथमिकता हो र सिप्रदी ट्रेडिङ र गोयल अटोको नेतृत्वमा यस शोरुमको सञ्चालनले यस क्षेत्रमा बिक्री, सेवा र ग्राहक सन्तुष्टिको पाटोमा नयाँ आयाम आउने कुरामा हामी विश्वस्त छौं।’

त्यस्तै सिप्रदी ट्रेडिङका अध्यक्ष सौर्य एसजेबी राणाले गोयल अटोसँंगको यो साझेदारीले ग्राहकहरुमाझ टाटा मोटर्सको पहुँच सहज बनाएकोमा र सेवा र सुविधा अझै सुदृढ हुँदै जाने भएकोमा आफँ हर्षित भएको बताउनुभयो।

आधुनिक शोरुमसंँगै टाटाका विभिन्न आकर्षक मोडेलका कार ( नेक्सन, एनआरजी, जेस्ट, बोल्ट, स्ट्रम, हेग्जा, टियागो र टिगोर) यसरी बिक्री वितरण गर्न पाउँदा ग्राहकहरु अझै लाभान्वित हुनेकुरामा आफँ विश्वस्त रहेको बताउनुभयो।
शोरुमको उदघाटन गर्दै, गोयल अटोका व्यवस्थापकीय प्रमुख, स्नेह गोयलले टाटाको नयाँ शोरुम खोल्न पाउँदा र ग्राहकलाई उच्च स्तरको सेवा स्थानीयस्तरमै दिन पाउँदा आफँ खुशी भएको बताउनुभयो।