सीएफए सम्मेलन हुँदै

0
Shares

काठमाडौं, (नेस)
वित्तीय विश्लेषकहरुको संस्था एसोसियसन अफ इन्भेष्टमेन्ट प्रोफेसनल नेपालको स्थापना भएको छ । सो संस्थाको औपचारिक उद्घाटन तथा क्रियाशील चाटर्ड फाइनान्सियल एनालिस्ट (सीएफए) हरुको सम्मेलन आगामी फागुन ३ गते (शुक्रबार) काठमाडांैमा हुने भएको छ ।

सम्मेलनमा चाटर्ड फाइनान्सियल एनालिस्टको क्षेत्रका सक्रिय स्वदेशी तथा विदेशी विज्ञ, यसमा अध्ययरत विद्यार्थीहरु, यस क्षेत्रसँग सम्बन्धित नियामक निकाय धितोपत्र बोर्डका प्रतिनिधिहरुका साथै बीमा, बैकिङ, मर्चेन्ट बैकिङ क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहनेछ ।

नेपालमा समग्र सामाजिक हितको लगानी र पुँजी बजारमा नैतिक, अनुसाशित व्यावसायिकताको अध्ययन तथा अनुसन्धान गर्ने उद्देश्यले खोलिएको एसोसियसनको उद्घाटन नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले गर्ने कार्यक्रम रहेको छ ।

एसोसियसनका अध्यक्ष डा. मनोज शाहीले सानातिना लगानीकर्ताको हितका लागि र समग्र वित्तीय विश्लेषणका लागि संस्थाले आफ्ना गतिविधि बढाउने बताउनुभयो । हाल यसमा सीएफए पँरा गरेका एनालिष्टहरु १२ जना मात्र छन् भने ३१७ विद्यार्थी अध्ययरत छन् । अन्तर्राष्ट्रिय क्षेत्रसँग सम्बन्ध राखेर वित्तीय विश्लेषण र यससँग सम्बन्धित विभिन्न कार्यहरु अघि बढाउन लागेको अध्यक्ष शाहीले जानकारी दिनुभयो ।

संस्थाको उपाध्यक्ष विकास काबरिया, सचिव हेमन्त बस्याल, कोषाध्यक्षन बिन बास्कोटा र सदस्यहरुमा सन्तोष मैनाली, सुदयकान्त झा, रोबिन अग्रवाल, संयोग प्रधान, सोबिता बुढाथोकी, सफलता श्रेष्ठ, सिताराम ढकाल, युवराज राउत रहेका छन् ।