व्यापारघाटा साढे ६७८ अर्ब पुग्यो

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
चालँ आर्थिक वर्षको ६ महिनामा कुल वस्तु निर्यात १० दशमलव ३ प्रतिशतले वृद्धि भई ४५ अर्ब ४१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १३ दशमलव ५ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारततर्फ १८ दशमलव ४ प्रतिशत र अन्य मुलुकतर्फ २ दशमलव ७ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ २९ दशमलव ५ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पोलिस्टर यार्न, जस्तापाता, जडीबुटी, ऊनी गलैंचा लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, रोजिन, छाला, जुत्ता तथा चप्पल, आयुर्वेदिक औषधिका सामान लगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७५÷७६ को ६ महिनामा कुल वस्तु आयात ३० दशमलव ५ प्रतिशतले बढेर ७२३ अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १९ दशमलव ४ प्रतिशतले बढेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात २८ दशमलव ७ प्रतिशत, चीनबाट भएको आयात ४२ दशमलव ९ प्रतिशत र अन्य मुलुकबाट भएको आयात २८ दशमलव ४ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, हवाईजहाज तथा पार्टपुर्जा, एमएस. बिलेट, तयारी पोशाक, अन्य मेसिनरी तथा पार्टपुर्जालगायतका वस्तुको आयात बढेको छ ।

त्यस्तै दँरसञ्चारका उपकरण तथा पार्टपुर्जा, सिमेन्ट, कच्चा भटमासको तेल, स्वास्थ्य उपकरण तथा औजार, सुपारीलगायतका वस्तुको आयात घटेको छ । भन्सार नाकाका आधारमा निर्याततर्फ रसुवा भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय र सुख्खा बन्दरगाह भन्सार कार्यालयहरु बाहेकका भन्सार नाकाहरूबाट गरिएको निर्यातमा वृद्धि भएको छ ।

त्यसैगरी, कन्चनपुर भन्सार कार्यालयबाट भएको आयात घटेको छ भने अन्य सबै नाकाहरुबाट भएको आयातमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७५÷७६ को ६ महिनामा कुल वस्तु व्यापारघाटा ३२ दशमलव १ प्रतिशतले विस्तार भई ६७८ अर्ब ५३ करोड पुगेको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ६ दशमलव ३ प्रतिशत कायम भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ७ दशमलव ४ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०७५÷७६ को ६ महिनामा भन्सार तथ्यांकमा आधारित निर्यातको एकाइ मँल्य सँचकांक वार्षिक बिन्दुगत आधारमा ६ दशमलव ३ प्रतिशत र आयात मँल्य सँचकांक ६ दशमलव ४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा ५ दशमलव ४ प्रतिशतले घटेको व्यापारको शर्त समीक्षा महिनामा शँन्य दशमलव १ प्रतिशतले घटेकोछ । सेवा समीक्षा अवधिमा खुद सेवा आय ९ अर्ब ४५ करोडले घाटामा गएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय १ अर्ब ४२ करोडले घाटामा रहेको थियो । सेवा खाताअन्तर्गत पर्यटन आय समीक्षा अवधिमा ८ दशमलव १ प्रतिशतले वृद्धि भई ३६ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय ३३ अर्ब ७५ करोड रुपियाँ रहेको थियो । सेवा खाताअन्तर्गत पर्यटन व्यय समीक्षा अवधिमा ३० दशमलव ८ प्रतिशतले वृद्धि भई ४७ अर्ब ९९ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको खर्च २५ अर्ब ५९ करोड रहेको छ ।

शोधनान्तर घाटा ६३ अर्बभन्दा बढी

समीक्षा अवधिमा चालँ खाता घाटा विस्तार भई १५२ अर्ब १६ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ९७ अर्ब ७८ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको ६ महिनामा ९५ करोड रहेको चालँ खाता घाटा समीक्षा अवधिमा १ अर्ब ३३ करोड ३६ लाख पुगेको छ ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति ६३ अर्ब ६८ करोडले घाटामा रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६ अर्ब ६६ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको ६ महिनासम्ममा ६ करोड ५६ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा ५५ करोड ९५ लाखले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ६ अर्ब ८९ करोड र प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ३६ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १० अर्ब ७ करोड र प्रत्यक्ष वैदेशिक लगानी १४ अर्ब ३३ करोड रहेको थियो ।