जावलाखेल ग्रुपको माउन्टेन आईस प्रिमियम स्ट्रङ बियर बजारमा

0
Shares

 

काठमाडौं, (नेस)
जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजअन्तर्गतको राज ब्रुअरीले प्रिमियम स्ट्रोङ बियर, माउन्टेन आइस उपभोक्ता माझ बजारमा ल्याएको छ ।

माउन्टेन आइसले बियर पारखीलाई उनीहरुको स्वादको प्राथमिकताको आधारमा विशिष्ट प्रिमियम स्वादको उत्पादन बजारमा ल्याएको हो । अन्तर्राष्ट्रियस्तरको आयातित मल्ट र छानिएको हप्सको समायोजनबाट उत्पादन गरिएको हुन्छ ।

६ दशमलव ५ प्रतिशत अल्कोहल भोलुम र ६५० एमएलको बोतलको २३० रुपियाँ मँल्य कायम गरिएको कम्पनीले जनाएको छ ।

‘अन्तर्राष्ट्रियस्तरको स्ट्रङ बियर अनुभवको माग बियर पारखीहरुमा बढेकाले, त्यो मागको पँर्ति गर्न माउन्टेन आइस प्रिमियम ब्रान्ड र प्याकेजिङसहित ल्याइएको हो’, जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाहले बताउनुभयो ।

‘स्ट्रङ बियरको माग दिन प्रतिदिन बढ्दै गएको र यो लामो समयसम्म नै रहने भएकाले यो बियर पारखीहरुको पहिलो रोजाईका लागि नै ल्याएको हो’, जावलाखेल गु्रप अफ इन्डष्ट्रिजका गु्रप कार्यकारी निर्देशक सशीन जोशीले बताउनुभयो ।

राजधानी र नेपालका प्रमुख शहरहरुमा यसै महिनादेखि बिक्री बितरण शुरु हुने भए पनि नेपाल भरी भने केहि समयमै शुरु हुने कम्पनीले जनाएको छ ।