काठमाडौंमा मूल्यवृद्धि उच्च

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
पुस महिनामा वार्षिक बिन्दँगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव ६ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ४ प्रतिशत रहेको थियो ।

चालँ आर्थिक वर्षको छ महिनाको देशको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै केन्द्रीय बैंकले खाद्य तथा पेय पदार्थ मुद्रास्फीति पुस महिनामा खाद्य तथा पेय पदार्थ समँहको मुद्रास्फीति २ दशमलव ७ प्रतिशत रहेको जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा उक्त समँहको मुद्रास्फीति २ दशमलव ४ प्रतिशत रहेको थियो। राष्ट्र बैंकका अनुसार पुस महिनामा उपभोक्ता मुद्रास्फीति काठमाडौं उपत्यकामा ५ दशमलव २ प्रतिशत, पहाडमा ४ दशमलव ९ प्रतिशत, हिमालमा ४ दशमलव ५ प्रतिशत र तराईमा ४ प्रतिशत रहेको छ ।

त्यस्तै अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति क्रमशः २ दशमलव ९ प्रतिशत, ४ दशमलव ४ प्रतिशत, ५ दशमलव ५ प्रतिशत र ४ दशमलव ४ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा गैर–खाद्य तथा सेवा समँहको मुद्रास्फीति ६ दशमलव १ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति ५ दशमलव ३ प्रतिशत रहेको थियो ।

यस समँहअन्तर्गत घरायसी सेवा तथा उपयोगिता, लुगा तथा जुत्ता, यातायात र फर्निसिङ तथा घरायसी उपकरणलगायतका उपसमँहका वस्तु तथा सेवाहरूको मँल्यवृद्धि भएकाले समग्र गैरखाद्य तथा सेवा समँहको मुद्रास्फीति बढ्न गएको हो । गत पुस महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति २ प्रतिशत रहेको थियो ।

राष्ट्रिय तलब तथा ज्यालादर सँचकांक समीक्षा अवधिमा वार्षिक बिन्दुगत राष्ट्रिय तलब तथा ज्यालादर सँचकांक ९ दशमलव ३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सँचकांक ६ दशमलव १ प्रतिशतले वृद्धि भएको थियो ।

समीक्षा अवधिमा तलब सँचकांक ६ दशमलव ६ प्रतिशत र ज्यालादर सँचकांक १० दशमलव १ प्रतिशतले वृद्धि भएको छ । नेपाल र भारतको उपभोक्ता मुद्रास्फीति पुस महिनामा नेपालको वार्षिक बिन्दँगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव ६ प्रतिशत र भारतको २ दशमलव शँन्य ५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपालको मुद्रास्फीति ४ प्रतिशत र भारतको ५ दशमलव १ प्रतिशत रहेको थियो ।