सन्राइज बैंक र गरिमा विकास बैंकबीच व्यापार साझेदारी सम्झौता

0
Shares

काठमाडौं, (नेस)
सन्राइज बैंक तथा गरिमा विकास बैंकबीच व्यापार साझेदारी सम्झौता भएको छ । सम्झौतापश्चात् सन्राइज बैंकका सबै शाखामार्फत गरिमा विकास बैंकका ग्राहकले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतितपत्र, टीटी, ड्याप÷डीएए तथा क्रेडिट कार्डलगायत अन्य विदेशी विनिमयसँग सम्बन्धित सुविधा प्राप्त गर्ने सक्नेछन् ।

सम्झौतापत्रमा सन्राइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले हस्ताक्षर गर्नुभएको थियो । सम्झौतापश्चात् दुवै बैंकले आफ्ना ग्राहकको पहँुच फराकिलो हुने पनि बताएका छन् ।