मनोज भट्ट, महेन्द्रनगर । क्षेत्रफलका हिसाबले सानो क्षेत्रमा धेरै बाघको बासस्थान रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ पाटे बाघको संख्या बढ्दै गएको छ । पछिल्लो ९ वर्षमा बाघको संख्या दोब्बर बढी पुगेको छ । सन १९६० मा बागको पञ्जाको छापबाट बाघ गणना गरिदै आएकोमा पछिल्ला वर्षहरूमा आधुनिक क्यामेराबाट बाघ गणना हुदै आएको छ ।
सन् २००९ मा गरेको बाघ सर्वेक्षणमा शुक्लाफाँटामा बाघको संख्या १० थियो । सन् २०१३ मा यो संख्या बढेर १७ पुगेको छ । सन् २०१७ मा भएको बाघ गणना अनुसार पनि शुक्लाफाँटामा बाघको संख्या वृद्धि भएको छ । तर हरेक चार÷ चार वर्षमा हुने बाघ गणनाको यसपालीको संख्या भने सार्वजनिक गरिएको छैन् ।
सन् २०१० मा रसियाको सेन्टपिर्सवर्गमा भएको बाघ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलनमा नेपालले सन २०२२ सम्ममा बाघको संख्या दोब्बर पुर्याउने प्रतिबद्धता अनुसार नेपालमा पनि बाघको संख्यामा वृद्धि गराउने प्रयास भईरहेको छ । शुक्लाफाँटामा लक्ष्य भन्दा पहिले नै बाघको संख्या दोब्बर भइसकेको छ ।
शुक्लाफाँटामा बाघको आहारा प्रजातीको प्रर्याप्तताले यसको संख्यामा वृद्धि भएको देखिन्छ । तथ्यांक अनुसार शुक्लाफाँटामा ७८ दशमलव ६२ प्रति वर्ग्किलोमटिर आहारा प्रजातीको घनत्व छ । सन् २०१३ को राष्ट्रिय तथ्याँकअनुसार नेपालमा रहेका १९८ बाघ रहेका छन् ।
चितवन निकुञ्ज र वर्दिया राष्ट्रिय निकुञ्ज पछि बढी बाघ पाईने शुक्लाफाटा घुम्न आउने पर्यटकहरुको पनि संख्या बढिरहेको छ ।











प्रतिक्रिया