स्प्राइटको ब्रान्ड एम्बेस्डरमा नायक अनमोल केसी नियुक्त

0
Shares

काठमाडौं, (नेस)
स्प्राइटले नायक अनमोल केसीलाई ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको छ ।
कोका–कोला नेपालका लागि कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भन्नुभयो–‘स्प्राइटले विश्वव्यापी रुपमा प्यासनेट युवाहरुसँग सहकार्य गर्दै आएको छ, जुन अनमोलको छवि र व्यक्तित्व छ, त्यो हाम्रो ब्रान्ड स्प्राइटसँग पँर्ण रुपमा मिल्छ ।

अनमोलसँग सहकार्य गर्न पाउँदा निकै उत्साहित छौं ।’
स्प्राइटका नवनियुक्त ब्रान्ड एम्बेस्डर अनमोल केसीले भने–‘म स्प्राइटको हिस्सा बन्न पाउँदा निकै उत्साहित छु । यस अवसर प्रदान गरिदिनु भएकोमा कोका–कोला नेपाललाई म हृदयदेखि नै धन्यवाद प्रकट गर्न चाहन्छु ।’