सहज, सुरक्षित र दिगो सडक सञ्जाल आवश्यक: अर्थमन्त्री

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
अर्थमन्त्री डा. युवराज खतिवडाले सामाजिक क्षेत्रमा भएको लगानीको उच्चतम् प्रतिफल लिन तथा कृषि, शिक्षा, स्वास्थ्य, ऊर्जालगायतका क्षेत्रको उत्पादकत्व वृद्धिको लागि यातायात पँर्वाधारमा विकास गर्नुपर्ने बताउनुभएको छ ।
मंगलबार राजधानीमा नेपाल व्यवस्थापन संघको ३८औं वार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री खतिवडाले यसको लागि लगानी बढाउनुपर्ने बताउनु भएको हो ।

मन्त्री खतिवडाले सबै पँर्वाधारको विकासका लागि सहज, सुरक्षित र दिगो सडक सञ्जाल निर्माणमा लगानी अति महŒवपँर्ण भएको बताउनुभयो ।
आम नागरिकले घरबाट बाहिर निस्किने बित्तिकै राम्रो सडक होस् भन्ने चाहनासहित आरामदायी यात्रा गर्न खोज्नु स्वभाविक भएको भन्दै उहाँले त्यसका अतिरिक्त विद्यालय, स्वास्थ्य चौकी जान पनि बाटो चाहिने भएकाले यातायातमा सरोकारवाला निकायले उच्च प्राथमिकतामा गुणस्तरीय लगानी गर्नुपर्ने बताउनुभयो ।

संयुक्त राष्ट्र संघले तय गरेका दिगो विकासका सत्र लक्ष्य मध्ये नवौं लक्ष्य भौतिक पँर्वाधारलाई मानेको भन्दै मन्त्री खतिवडाले व्यापारिक र व्यावसायिक लागत घटाउन पनि राम्रो पँर्वाधार निर्माण हुनुपर्ने बताउँनुभयो । व्यापारको लागत कम गर्न उपयुक्त पँर्वाधार निर्माण हुनुपर्ने भन्दै कृषि तथा औद्योगिक क्षेत्रको पँर्वाधारका लागि पनि उपयुक्त सडक विकास अनिवार्य भएको तर्फ सरकारको उच्च प्राथमिकता रहेको बताउनुभयो ।

यातायात क्षेत्रको सुदृढीकरणका लागि सरकारका विभिन्न निकायले काम गरिरहेको भन्दै मन्त्री खतिवडाले रेलवे, मेट्रो, रापवे तथा पानीजहाजको विकासका लागि पनि काम भैरहेको जानकारी दिनुभयो । सहज यातायातका लागि सम्पँर्ण क्षेत्रले आफ्नो स्तरबाट काम अघि बढाएमा मुलुक छिट्टै आर्थिक विकास र समृद्धिको लक्ष्यमा अघि बढ्न सहयोग मिल्ने धारणा राख्नुभयो ।

भौतिक संरचनालाई लागत र वातावरणमैत्री बनाउने, मर्मत सम्भारलगायतको व्यवस्थापन गर्न स्थापना भएका संस्थालाई भँमिका के हुन्छ भन्ने विषयमा स्पष्ट धारणा बनाउन जरुरी भएको भन्दै व्यवस्थापनलाई सघाएर विकासमा जाँदा सहभागिता मुलक पक्षमा समेत जोड दिएमा विकासले छिटो गति लिने मन्त्री खतिवडाले बताउनुभयो । अर्थमन्त्री खतिवडाले युवा पुस्तालाई व्यवस्थापन संघको नेतृत्वमा जिम्मेवारी दिई काम शुरु गरिँदा नतिजा छिटो आउनेमा विश्वास व्यक्त गर्नुभयो ।