मकै विउले वजार पाएन

0
Shares

महेश न्यौपाने,रोल्पा
रोल्पा जिल्लालाई मकै वीउमा आत्म निर्भर भनिए पनि वीउ मकै उत्पादक कृषकहरु भने समस्यै समस्यामा गुज्रिएका छन । कडा मेहनत गरेर उत्पादन गरेको मकैले उचित वजार नपाउदा आफुहरु मर्कामा परेको किसानहरुको भनाई छ ।

मकै वालीका लागी छुट्याएको १ सय ३२ रोपनी जग्गा मध्ये ७० रोपनीमा वीउ मकै उत्पादन गर्दै आएका छौ । कडा मेहनत गरेर मकै वीउ उत्पादन गरे पनि वजारको अभावले उचित मूल्य पाएका छैनौ । रोल्पा सुनिल स्मृती गाउँपालिका ३ को जनजागृत खाद्य वालि उपभोक्ता कृषक समूहका अध्यक्ष वमवहादुर रोकाले भन्नु भयो ।

ट्याग, थैली, ग्रडिङ, प्याकिङ र ढुवानीको समेत काम गर्दै आएको सिर्जनशील महिला कृषि सहकारी संस्था रोल्पाले किसानवाट प्रति किलो ४० का दरले खरिद गरि ४७ मा विक्री गर्दै आएको छ । कृषकहरुको सहजताका लागी सहकारीले मकै वीउ संकलन गरि वजार सम्म पु¥याउने गरेको सो संस्थाका अध्यक्ष हिरा घलेले जानकारी दिनु भयो । किसानले नै उचित मूल्य पाएका छैनन अध्यक्ष गुरुङले बताउनु भयो । समयमा प्राविधि नआउदा मुल वीउ उपादनमा समेत समस्या भोग्दै आएका छौ घलेले भनाई छ ।

मकै वीउ संकलनका लागि ठाउँ ठाउँमा संकलन केन्द्र स्थापना गरि ठूला कम्पनी संग सहकार्य गर्नु पर्ने केरावारी कृषक समूह रोल्पाका अध्यक्ष निर्मल वलीको सुझाव छ । वीउ र खाद्यान्नले उचित मूल्य नपाउनु, समयमा प्राविधिक परामर्श नपाउनु र विचौलियाको समस्याले मकै उत्पादक कृषकहरु पिडित हुदै आएको वलीको भनाई छ ।

कृषिलाई आधुनिकरणमा योगदान पु¥याउने गरी मकै तथा मकै वीउको उत्पादन र उत्पादकत्व वृद्धी गर्न विभिन्न सहयोग गरिरहेका छौ अधिकारीले भन्नुभो । कृषि यान्त्रीकरण,कृषि पूर्वाधार विकास, प्रवद्र्धन र प्रारम्भिक प्रशोधनका काममा समेत सहयोग भईरहेको छ, अधिकृत अधिकारीले बताउनु भयो

‘कृषकहरुले आधुनिक प्रविधि मैत्री खेती गरेका कारण उत्पादकत्वमा आएको वृद्धीले वजारीकरणको समस्या भएको हुन सक्छ’ अधिकारील भन्नुभ भयो– ‘समस्या समाधानका लागि सहजीकरण भईरहेको छ।’

जिल्ला मकैको लागी आत्म निर्भर भए पनि यसलाई खाद्यान्नको रुपमा उपयोग गर्ने संख्या भने निकै कम रहेको जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजवहादुर वुढाको भनाई छ । ‘मकै विक्री गरेर सडेको चामल खरिद गर्ने प्रचलन वढ्दै गएको छ।’ प्रमुख वुढाले भन्नु भयो –‘मकैलाई गाई भैसी तथा वाख्रा वंगुरको दाना र जाँडमा प्रयोग गरिदै आएको छ।’

किसानले उत्पादन गरेको खाद्य उपजले वजार नपाउदा उनीहरुलाई निरास वनाउने भएकाले बजारको खोजी गरि उचित मूल्य दिनु पर्ने प्रमुख वुढाको भनाई छ ।

मुख्य वालीको रुपमा रहेको मकै वालीको थप विकास गर्दै नाफामुखी व्यवसायको रुपमा प्रवद्र्धन गर्ने भन्दै सरकारले रोल्पा जिल्लामा प्रधानमन्त्री कृषि आधुनिक परियोजना संचालन गरेको छ । जिल्लामा ८ सय ४५ हेक्टर क्षेत्रफल जग्गामा मकै जोनको कार्यक्रम चलिरहेको छ । ८३ वटा समूह सहकारीका २ हजार १सय ९४ घरधुरी संलग्न सो कार्यक्रमले उत्पादकत्वमा वृद्धि गर्ने विश्वास लिएको छ ।