जबर्जस्ती करणी गर्ने दुई जना पक्राउ

0
Shares

रत्ननगर ।
पूर्वी चितवनको सौराहामा १३ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बाराको कोहल्वी नगरपालिका घर भई सौराहामा डेरा गरी बस्ने २२ वर्षीय अजय कुमार र ३० वर्षीया गङ्गा चौधरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिनुभयो ।

मादकपदार्थ सेवन गरी बालिकालाई ललाइफकाई दुवै जनाले जबर्जस्ती करणी गरी चार किमी पर सौराहाको जङ्गलमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक ज्ञावलीले जानकारी दिनुभयो ।

पीडितकी आमाले प्रहरीलाई सूचना दिएको साढे एक घण्टाभित्र जबर्जस्ती करणीमा संलग्नलाई पक्राउ गरिएको ज्ञवालीले बताउनुभयो । टाँडी प्रहरीले पछिल्लोपटक हिंसा र आपराधिक घटनालाई नियन्त्रण गर्ने अभियान चलाएको छ । तैपनि यस्ता खालका घटनामा संलग्नलाई तत्काल पक्राउ गरेर कारवाही गर्ने गरिएको छ । प्रहरी नायब उपरीक्षक ज्ञवालीका अनुसार जबर्जस्ती करणी घटना संलग्न सातलाई कारवाही गरिएको छ ।
रासस