प्रहरी कार्यालयको भवन जीर्ण

0
Shares

सल्यान, (नेस)
सल्यानको सल्लीबजारको ईलाका प्रहरी कार्यलयको भवन जिर्ण बनेको छ । जिल्लाको बन्गाडकुपिण्डे नगरपालिका–१, सल्लीबजारस्थित इलाका प्रहरी कार्यालय जीर्ण भवनमा सञ्चालित हुँदा प्रहरी कामकारबाहीमा समस्या परेको छ । जीर्ण भवनमा काम गर्दा आफैं असुरक्षित हुनुपरेको प्रहरीको भनाइ छ ।

द्वन्द्वको समयमा विस्थापित भएको कार्यालय २०६३ सालमा पुनस्स्थापना भएको थियो । अहिले भाडाको घरमा इलाका प्रहरी कार्यालय सञ्चालन भइरहेको छ । कार्यालय भवन मात्र नभई आवास भवनसमेत जीर्ण र साँघुरो भएका कारण समस्या भएको सुरक्षाकर्मीको भनाइ छ । वर्षातको समयमा चुहिने र हावाहुरी लागेमा माटो खस्ने समस्याले गर्दा जोखिमै बस्नुपरेको इलाका प्रहरी कार्यालय इञ्चार्ज सुशील रावलले बताए ।

हावाहुरी तथा व्र्षा भएमा काम गर्न कठिनाइ हुने उनको भनाइ छ । उनका अनुसार पानी परेको अवस्थामा आवास गृहमा सुत्न नपाएर रातभर जाग्राम बस्नुपर्ने बाध्यता छ । पटक पटक माथिल्ला निकायमा आग्रह गरिए पनि सरकारले भवन निर्माणमा चासो नदिएको उनको भनाइ छ । उनले १३ वर्षदेखि जीर्ण भवनमा बसेर कामकाज गर्नुपर्ने समस्या रहेको जानकारी दिए ।

घर निर्माणको लागि इलाका प्रहरी कार्यालयको नाममा सल्लीबजारमा एक रोपनी जग्गा छ । ‘पुरानो भवन भएका कारण धेरै समस्या झेल्दै आइरहेका छौं,’ उनले भने, ‘कोठाको अभावमा थुनुवालाई राख्न समस्या भएको छ ।