भारी वर्षा र हिमपातले जनजीवन कष्टकर

0
Shares

ललित सिंह, बझाङ
बिहिबार बिहान देखि लगातार बर्षा र हिमपात सुरु भए संगै बझाङी जनताको जनजीबन कस्टकर बनेको छ । बझाङमा माघ महिनामा लगातार भारी बर्षा संगै हिमपात भए पछि जिल्लाका उच्च भेगमा बस्दै आएका स्थानीय बासी झनै कस्टकर जीबन बिताउन बाध्य भएको साईपाल गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले बताउनु भएको छ , । गाउँमा २ ,३ फिट हिउँ जमे पछि त्यहाँका स्थानीयहरु घर भित्र बाट बाहिर निस्कन पनि कठिन भएको बताईएको छ ।

बिहीबार बिहानदेखी वर्षा स“गै हिमपात सुरु भएको छ । हिमपात र बर्षाका कारण चिसो बढेको छ । जिल्लाका उच्च हिमाली क्षेत्र का“डा, दहवगर, सुर्मा, दौलिचौर, मेलविसौना, दा“तोला, रिलु, मष्टा, कोटदेवल, कैलास, गडराय, पाटादेवल लगायतका ठा“उमा हिमपात भएको स्थानियहरुले बताएका छन । हिमपात र वर्षा स“गै बढेको चिसोका कारण दैनिक कामकाज गर्न असहज भएको छ । दैनिक कामकाजका लागी मानिसहरु घर बाहिर निस्कन सकेका छैनन । विगतका बर्षहरुको भन्दा यस बर्ष चिसो अध्याधिक बढेको स्थानियहरुको भनाई छ । चिसोको असर वालवालिका र बृद्धबृद्धाहरुमा बढी परेको छ ।

दुई दिन देखी लागेको बर्षा र हिमपातका कारण सौर्य प्रणाली चार्ज नहु“दा हिजो देखि नेटर्वकले काम नगर्ने समस्या देखिएको सेवाग्राहीहरुको भनाई छ । सौर्य प्रणाली चार्ज नहु“दा जिल्लामा संचालित एफ.एम रेडियोको प्रसारणमा पनि असर परेको बझाङ एफएमका स्टेशन म्यानेजर प्रदिप मलासिले बताए । उनले भने जिल्ला सदरमुकाम चैनपुरमा ५ वटा रेडियो स्टेशन छन । सबै रेडियोहरुले रिले प्रसारण गरेका छन । रेडियोको टावर राखेको ठाँउमा हिमपात भएको छ घाम नलागेर व्याट्री चार्ज नहुँदा रेडियोको दैनिक प्रसारणमा अवरुद्ध भएको हो ।

वर्षा नभएका कारण अधिकांस क्षेत्रमा हिउ“देबाली राम्ररी उम्रन पाएका छैनन भने उम्रेका वाली पनि सुकेर पहेलो हुन थालेका छन । ढिलो गरीे पानी परे पनि यो वर्षा बालीनालीका लागी पर्याप्त नभएको किसानहरुको भनाई छ । विगतका बर्षहरुमा कात्र्तिकको पहिलो साता तिर हिमपात भएको थियो । यसपाली एक महिना ढिला गरि हिमपात भएको छ र पनि माघ फागुन तिर भारी हिमपात नभए बाली सप्रने किसानहरुको भनाई छ ।