हिउँदे वर्षाले मेला प्रभावित

0
Shares

रोल्पा, (नेस)
लगातारको हिउदे वर्षातका कारण रोल्पाका २ वटा महोत्सव प्रभावित भएका छन । रोल्पा उद्योग वाणिज्य संघले गत माघ १८ गतेदेखी संचालन गरेको दोश्रो रोल्पा महोत्सव र माघ २५ गते उद्घाटन हुने तयारीमा रहेको तेश्रो चतुरभुज महोत्सव वर्षातका कारण प्रभावित भएका हुन ।

लगातारको वर्षातले माघ २४ र २५ गतेको महोत्सव पुरै प्रभावित गरेको आयोजकले वताएका छन । माघ २४ गते राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकार आउने चर्चाले महोत्सवमा धेरै दर्शक आउने अपेक्षा गरेका थियौं वर्षातले प्रभावित ग¥यो मुल आयोजक समितिका संयोजक समेत रहेका रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वकुमार चन्दले भने । २५ गते पनि आधा दिन पानी परेको र वातावरणमा सुधार नआएकाले दर्शकको उपस्थिति अपेक्षाकृत हुन सकेन अध्यक्ष चन्दले भने ।

यता रोल्पाकै सुनिल स्मृती गाउँपालिका २ खुंग्रीमा संचालन हुने तेश्रो चतुरभुज महोत्सवको उद्घाटन कार्यक्रम समेत वर्षातका कारण प्रभावित भएको छ । सिर्जनशील युवा क्लवको आयोजनामा हुन थालेको उक्त महोत्सव उद्घाटनका लागि सभामुख कृष्णवहादुर महरा, उर्जा जलश्रोत तथा सिचाई मन्त्री वर्षमान पुन लगायत आउने भनिए पनि खराव मौसमका कारण हवाई यात्रा अनिश्चित भएको आयोजकले वताएका छन । मौसममा सुधार हुने वित्तिकै अतिथिहरु आउने कार्यक्रम छ मुल आयोजक समितिका संयोजक ईमान विष्टले भने । महोत्सव माघ २५ गते उद्घाटन गर्ने चर्चा भईसकेकाले तोकिएकै मितिमा उद्घाटन गर्छौ संयोजक विष्टले भने ।