वार्षिकोत्सवमा भवन उपहार, कार्यक्रम उही, प्रमुख अतिथि दुई !

0
Shares

नानीराम नेपाल, सिन्धुपाल्चोक ।
बाह्रविसे नगरपालिका ४ स्थित शारदा माध्यमिक विद्यालयले बार्षिकोत्सका अवसरमा चिटीक्क र सुन्दर भवन उपहार पाएको छ । विनाशकारी भूकम्पमा पुरानो भवन भत्किएपछि सकससँग पठनपाठन सुचारु गर्दै आएको यस विद्यालयलाई सुविधासम्पन्न भवन निर्माण गरि दाताले शुक्रबार विद्यालयको ६८ औं बार्षिकोत्शव समारोहका अवसरमा हस्तान्तरण गरेका छन् ।

भूकम्पको दुई वर्षपछि ०७४ भदौमा टाटा ट्रष्ट र सिप्रदीयन सहायता संस्थाले यस विद्यालयका लागि भवन निर्माणको सम्झौता गरि निर्माण कार्य सुरु गरेको थियो । डेढ वर्षमा विद्यालय भवन निर्माण सम्पन्न गरि दाताले बिद्यालयलाई हस्तान्तरण गरेको हो ।

शुक्रबार नेपालका लागि भारतिय राजदुत मन्जिवसिं पुरीका सामु टाटा ट्रष्टका बर्जिस एस तारपुरीवाला र सिप्रदीयन सहायता संस्थाका बरिष्ठा उपाध्यक्ष शम्भुप्रसाद दाहालले जिल्ला आयोजना कार्यान्वयन ईकाई(शिक्षा) का प्रमुख कृष्ण सुवेदी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिशरण श्रेष्ठलाई नवनिर्मीत भवनको साँचो हस्तान्तरण गरे । रङरोगनले सजिएको भवन, झ्यालका कालो सिसाले नवनिर्मित विद्यालयको भवन आकर्षक देखिन्छ । डेस्कबेन्चहरु उत्तिकै आरामदायी छन् । कक्षाकोठामा छिरेपछि विद्यार्थीका मनै फुरुंग हुन्छ र्। बार्षिकोत्शवका अवसरमा भवन हस्तान्तरण भइरहँदा यसलाई उपहार ठानेका छौं,’ विद्यालयका प्रअ तोयानाथ नेपाल भन्दैथिए ।

बिद्यालय भवन हस्तान्तरण समारोहमा बोल्दै नेपालका लागि भारतिय राजदुत मन्जिव सिं पुरीले विपदमा नेपालका लागि भारत सँधै साथ सहयोग गर्न तत्पर रहिआएको बताए । भूकम्पपछिको पुननिर्माणमा भारतले नेपाललाई सहयोग गर्दै आएको उनले बताए । नवनिर्मित १२ कोठाको दुईतले विद्यालय भवन निर्माणका लागि ४ करोड १० लाख रुपियाँ खर्च भएको दातृ संस्था सिप्रदीयन सहायता संस्थाका बरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहालले बताए ।

सिप्रदी ट्रेडीङमा कार्यरत कर्मचारीहरु मिलेर स्थापना गरिएको यो संस्थाले भूकम्पपछि सिन्धुपाल्चोकमा ६ वटा विद्यालय भवन र एक स्वास्थ्य चौकीको भवन निर्माणको काम थालेको थियो र्। अब थप ५ बिद्यालयका भवन र एउटा स्वास्थ्यचौकी निर्माण हुँदैछन्, छिटै नै निर्माण सम्पन्न हुँदैछन्,’ सिप्रदीयन सहायता संस्थाका दाहालले भने । यस संस्थाले भोटेकोसी गाउँपालिकास्थित थापीनारायण आधारभुत विद्यालय, मार्मीङ आधारभुत विद्यालय, कोदारी माध्यमिक विद्यालय, फुल्पिङकटी स्वास्थ्यचौकी भवन, बलेफी गाउँपालिकास्थित जालपादेवी माध्यमिक विद्यालय र कुपकन्या माध्यमिक विद्यालयमा भवन निर्माणको काम गरिरहेको छ ।

एउटा औपचारीक कार्यक्रममा दुई जना प्रमुख अतिथि भएको सुन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ । तर बाह्रविसेस्थित शारदा माध्यमिक विद्यालयले उहि कार्यक्रममा दुईजनालाई प्रमुख अतिथि बनायो । विद्यालयको बार्षिकोत्शव र विद्यालय भवन हस्तान्तरण कार्यक्रममा आयोजकले दुईजनालाई प्रमुख अतिथी बनाएको हो ।

कार्यक्रमको प्रमुख अतिथि भारतिय राजदुत पुरीले कार्यक्रम उद्घाटन र मन्तब्य टुंग्याएर हिँडेपछि काँग्रेस नेता मोहनबहादुर बस्नेतलाई प्रमुख अतिथि बनाइएको कार्यक्रममा सहभागी एक स्थानीय अगुवाले भने । लिखित रुपमा राजदुत ज्यू प्रमुख अतिथि र नेता बस्नेत विशेष अतिथि भनिएको थियो, राजदुत हिँडेपछि बस्नेतलाई प्रमुख अतिथि बनाइयो’, ती स्थानीयले भने ।