प्रअले विद्यार्थी कुटेको भन्दैं प्रहरीमा छलफल

0
Shares

सिर्जना पन्त, बागलुङ
अध्यायन गर्नको लागि विद्यालय गएको आफ्नो ६ वर्षिय भाई सञ्जय विकलाई नमुना प्राथमिक विद्यालय बोवाङकी प्रधानध्यापक ४२ हिरादेवी बुढामगरले कुटपिट गरेको भन्दैं बागलुङको ढोरपाटन नगरपालिका–८ बोबाङकी १८ वर्षीया जानमाला विक सदरमुकाम आइपुगेकी छिन् ।

२०७५ माघ २० गते विद्यालय गएका सञ्जयलाई रिचार्ज कार्ड किन्न पठाएकी विद्यालयकी प्रअ हिरादेवी बुढाले एक सय रुपैया हराएको भन्दैं कुटपिट गरेको विकले बताईन । हराएको पैसा आमा आएपछि मागेर दिन्छौं भाईलाई नकुट्नुस भन्दा प्रअ बुढाले आफुलाई पनि कुटपिट गरेको जानमालाको भनाई छ ।

आफुहरुमाथि नमुना प्राथमिक विद्यालयकी प्रअले कुटपिट गरेको भन्दैं सोही दिन वडा कार्यालयमा जानकारी गराएको र वडा कार्यालयको सल्लाह अनुसार माघ २१ गते ढोरपाटन प्रहरी चौकीमा लिखित उजुरी दिएको भएपनि प्रहरीले आफ्नो उजुरी माथि चासो नदेखाएको बुढाले आरोप लगाईन् । ढोरपाटन प्रहरी चौकीका असही कृष्ण चुणली क्षत्रीले आफुहरुकोमा ठाडो उजुरी परेको भएपनि आरोपीत विद्यालयकी प्रअ सदरमुकाम गइसकेकाले छलफल अगाडी बढाउँन नसकेको बताए ।

स्थानिय र विद्यार्थीका अभिभावकले विरोध गरेपछि विद्यालयकी प्रअ हिरादेवी बुढामगरले आफुमाथी अभद्र व्यवाहार गरेको भन्दैं २३ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा कामी परिवारको विरुद्धमा उजुरी दिएकी छिन् ।

प्रअ बुढामगरले उजुुरी दिएपछि जिल्ला प्रहरी कार्यालय बागलुङले सञ्जयका हजुरबुबा चन्द्र कामी, आमा ३५ वर्षीया काली कामी र दिदी १८ वर्षीया आसमाया कामीलाई जिल्ला झिकाएको छ । आर्थिक अवस्था न्यून रहेका कामीको परिवारलाई २४ गते ढोरपाटन नगरपालिकाले १० हजार रुपैया बाटोखर्च उपलब्ध गराएर सदरमुकाम पठाईएको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले बताए ।

जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी दिपक रेग्मीले कामीको परिवारले ढोरपाटन प्रहरी चौकीमा ठाडो उजुरी दिएको र विद्यालयका प्रअ जिल्लामा आएर आफुमाथी अभद्र व्यवाहार गरेको भन्दैं उजुरी दिएपछि कामीको परिवारलाई सदरमुकाम झिकाइएको बताए । उनले प्रअले उजुरी लिएर आएपछि आरोपीतलाई जिल्ला झिकाएको भएपनि अनुसन्धानको क्रममा स्वयम प्रअ ले विद्यार्थी र विद्यार्थीको परिवारलाई अभद्र व्यवाहार गरेको देखिएको बताएका छन् । उनले दुबै पक्षविच छलफल चलाएको भन्दैं पीडितलाई न्याय दिलाउँने गरि आफुले कार्यवाही अगाडी बढाउने बताए ।