चैनपुर ताक्लाकोट सडकको काम अवरुद्ध

0
Shares

बझाङ, (नेस)
चिनको स्वसाशित क्षेत्र तिब्बत संग जोडिने चैनपुर ताक्लाकोट सडकको रुपातोला सडक खण्डमा काम गर्ने मजदुरहरुले ज्याला नपाएपछि सडक क्षेत्रमा कामको अबरोध गरेका छन् । मजदुरहरुले दुई तिन दिन देखि चैनपुर ताक्लाकोट सडक खण्डको अन्य साईडहरुमा पनि कामको अबरोध गरेका छन् भने यस क्षेत्रमा चल्ले यातायातका साधनहरु समेत अबरुद्ध गरेको छ ।

रुपातोला सडक खण्डमा कामको जिम्मा लिएका पेटी ठेकेदारहरुले सडकमा काम गर्ने त्यहाँका स्थानीय मजदुरहरुको ज्याला बाफतको बाँकी रकम नदिएर पेटी ठेकेदारहरु साईड छोडेर हिडेपछि मजदुरहरु आक्रोशित भएका हुन ।रुपातोला सडकमा काम गर्ने १ सय ३२ जना मजदुरहरुको झण्डै १६ लाख ज्याला दिन बाँकी रहेकाले आफुहरुले आन्दोलन गर्नु परेको मजदुर मंगल बोहराले बताए । उनले भने रुपातोला क्षेत्रमा काम गर्ने जिम्मा लिएका पेटि ठेकेदारहरु गोरख चन्द , प्रकाश पुन, तिलक पुन र जय बहादुर पुन हाम्रो विना जानकारी नदिएर साईड छोडेर धेरैदिन सम्म सम्प्रर्क नभएपछि मजदुरहरुले समस्या सार्वजनिक गरेको हो । पेटी ठेकदारहरु जाँजरकोट र रुकुमका रहेको वताएको छ । एक साता अगाडी देखी हिडेका पेटी ठेकदार चारै जनाको अहिले सम्म पनि फोन सुईचअप भएको उनिहरु वताउन्छन् ।

स्थानिय मजदुरहरुले ज्याला पाउनका लागी सडकमा धर्ना दिनुका साथै स्थानीय प्रसासनमा समेत निबेदन दिएको छ । सेतीलोकमार्गको धमेना रुपातोला सडक खण्डमा गत बर्ष २०७४ देखि स्थानीय मजदुरहरुले काम गर्दै आएका थिए । पेटी ठेकादारहरुले दशै अगाडीको सबै मजदुरहरुको पहिलो किस्ता बाफत १८ लाख दिएको र दशै यताको कुनैपनि मजदुरको पैसा नदिएको मजदुरहरुको भनाई छ । काम गरेको तिन महिनाको मेरो ४० हजार लिन बाँकी थियो ठेकदार भागेर गएपछि अब काम गरेको पैसा को दिने हो सडकमा काम गर्दै आएकी देबकला बोहरा भनिन् केहि घरखर्च होला भनेर लेवरी गरेका हौ ठेकदारले दुख दिने हो । मजदुरहरुको चालिस पचास हजार देखी १ लाख सम्म लिन वाँकी रहेको देखीन्छ ।