सुशासन कायम गर्न माग

0
Shares

बुटवल, (नेस)
प्रदेश नम्बर ५ मा सुशासन कायम गर्न माग गदै नयाँ शक्तिपार्टी नेपालले प्रदेश सरकारका मुख्य मन्त्री समक्ष ज्ञापन पत्र बुझाएको छ ।
यद्यपी नयाँ शक्ति पार्टी प्रदेश ५ ले सिधै मुख्य मन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाउन नपाएर पत्रकार सम्मेलन गरि ज्ञापनपत्र बुझाएको सार्वजनिक गरेको छ ।

नयाँ शक्तिपार्टी नेपालका ५ नम्बर प्रदेश संयोजक कमल खनालले प्रदेश सरकारका कामकारबाही जनमुखी एंव सुशासन र सदाचार युक्त हुन नसकेको प्रति गम्भिर ध्यानकर्षण भएको जनाएको छ । पत्रकार सम्मेलनमा प्रदेश सरकार र प्रदेश सचिवालयले खरिद गरेको २३ करोडको गाडी खरिद प्रकरणमा अनियमितता भएकोले ततकाल छानविनको माग गरिएको छ ।

त्यसैगरि प्रदेश सरकारले गठन गरेको विकास परिषद दलिय कार्यकर्ता भर्ती केन्द्र भएकोले त्यस्ता आयोग परिषद गठन गर्दा दलिय आधारमा भन्दा विज्ञता र सक्षमतालाई ध्यान दिन समेत आग्रह गरिएको छ ।

प्रदेशका सरकारी कार्यालयमा हचुवाका भरमा आफना कार्यकर्ता भर्ती गने, वजेटको स्वविवेकिय प्रयोगगर्ने विना अध्ययन करका दर बढाएर नागरिकको ढाड सेक्ने गतिविधी नर्गन समेत नयाँ शक्ति पार्टीले प्रदेश सरकारसंग माग गरेको छ ।