आशा लघुवित्तको साधारण शेयर बाँडफाँड

0
Shares

काठमाडौं, (नेस)
आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर शुक्रबार बाँडफाँड गरिएको छ। प्रभु क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा एक सय अंकित दरका ६ लाख ७४ हजार कित्ता साधारण शेयरहरूमध्ये १० हजार ३ सय ७० कित्ता शेयर कर्मचारी बाँडफाँड गरिएको छ भने ३३ हजार ७ सय कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ।

बाँकी रहेको ६ लाख २९ हजार ९ सय ३० कित्ता साधारण शेयर सर्वसाधारणका निम्ति निष्कासन गरिएको हो। हालसम्म वित्तीय संस्थाले २८ वटा जिल्लाका ४५ शाखा कार्यालयमार्फत करिब ४० हजार सदस्यलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ। संस्थाको हालसम्म करिब १ अर्ब ५० करोड रुपियाँ कर्जा लगानीमा रहेको तथा सदस्यबाट ३५ करोड रुपियाँभन्दा बढी निक्षेप संकलन गरेको छ।