पल्सर राइड मेनिया बुटवल–रानीमहल

0
Shares

काठमाडौं, (नेस)
बजाज मोटरसाइकलको नेपालका लागि आधाकारिक कम्पनी एचएच बजाजले बाइक राइडिङ इभेन्ट ‘पल्सर राइड मेनिया’ प्रस्तुत गरेको छ। बजाजले शुक्रबार ¥याली आयोजना गरेको पल्सर राइड मेनियामा बुटवलका पल्सर राइडरहरूले सहभागिता जनाएका थिए। उक्त राइड मेनिया बुटवलबाट शुरू भएर रानीमहलमा पुगेर समापन भएको थियो। पल्सर राइड मेनियाले १५ जना राइडरका लागि राइड र खुसीको अनुभव गर्ने अवसर प्रदान गरेको थियो। एचएच बजाजले पल्सर राइड मेनिया प्रत्येक महिना सञ्चालन गर्ने भएको छ। प्रत्येक महिना राइड मेनिया, बजाज मोटरसाइकल बुटवलका लागि आधिकारिक वितरक भैरव अटोमोबाइल्सले बुटवलबाट शुरू भएर नयाँ–नयाँ गन्तव्यमा राइडर्स सहभागी गराई सो अभियान सञ्चालन गर्ने जनाएको छ।