पर्वतका सबै गाउँमा थ्रीजी इन्टरनेट

0
Shares

पर्वत, (नेस)
नेपाल टेलिकमले पर्वतका सबै गाउँमा थ्रीजी इन्टरनेट सेवा विस्तार गरेको छ। पर्वत जिल्लाका सबैजसो स्थानमा टेलिकमको थ्रीजी इन्टरनेटसहितको सेवा पुगेपछि अहिले जिल्लाका जुनसुकै कुना काप्चामा समेत इन्टरनेट सहज भएको छ। यसअघि टेलिकमले जिल्लाका सबै स्थानीय तहमा ल्यान्डलाइन टेलिफोन र एडीएसएल इन्टरनेट पु¥याउने लक्ष्य अघि सारेको थियो।

लक्ष्यअनुरूप जिल्लाको मोदी, फलेबास, पैयुँ, कुश्मा नगरपालिका र जलजलाका बजार क्षेत्रमा ल्यान्डलाइन टेलिफोन र एडीएसएल सेवा विस्तार गरिसकेको थियो। ल्यान्डलाइन सबैतिर पु¥याउन सम्भव नभएपछि टेलिकमले ग्रामीण क्षेत्रमा हालै २३ वटा बीटीएस टावर विस्तार गरेर इन्टरनेट र टेलिफोनको सहज पहुँच विस्तार गरेको हो।

कुश्मा नगरपालिकाका पकुवा, पीपलटारी, गोदाम, दुर्लुङ र पाङमा टावर निर्माण गरिएको छ। जलजलाका धाइरिङ, सालिजा, मोदी गाउँपालिकाको पातिचौर, गिज्यान, क्याङ, वाजुङ, र भुकताङलेमा पनि जडान गरिएको छ। ‘यसअघि कम्प्लेन आएका सबैजसो स्थानमा थ्रीजीसहितका नयाँ बीटीएस थपेका छौं’, टेलिकम पर्वतका प्रमुख केशव भुसालले भने– ‘नयाँ बीटीएसले काम गरेपछि सबै क्षेत्रमा थ्रीजी सहज हुन्छ। यसबाट स्थानीयलाई सेवासँगै हाम्रो व्यवसाय विस्तारमा सहयोग पुग्छ।’

टावर विस्तार गरिएको ठाउँमा राम्रो सेवा प्राप्त भएको स्थानीयले बताएका छन्। पहिले मोबाइलमा टावर नटिप्ने समस्या रहेको ठाउँमा सहजै टावर टिपेको र द्रुत गतिमा थ्रीजी सेवा उपयोग गर्न पाएको मोदी–५ बाजुङस्थित सरस्वती प्राविका प्रअ वीरेन्द्र हमालले बताए। ‘यसअघि मोबाइलमा इन्टरनेट चलाउन पनि कुश्मा जानुपथ्र्यो’, हमालले भने– ‘अहिले घरघरै कुनाकाप्चामा पनि मज्जाले चलेको छ।’
टेलिकम पर्वतले चालू वर्ष सबै क्षेत्रको सेवा विस्तार र गुणस्तर सुधारका लागि चाइनिज कम्पनीसँग सम्झौता गरेर नयाँ प्रविधि विस्तार गरेको हो। प्रविधि विस्तारमा हालसम्म शंकरपोखरी, खानीगाउँ, अम्बोटलगायतमा विस्तार गर्न करिब १ महिना समय लागेको प्राविधिकले बताएका छन्। अब सबै क्षेत्रमा थ्रीजीको टावर विस्तार गरेपछि थप सबै स्थानमा फोरजी थप गरिने टेलिकमले जनाएको छ।