सुनको मूल्य प्रतितोलामा १ सय रुपियाँ वृद्धि

0
Shares

काठमाडौं, (नेस)
शुक्रबार सुनको मूल्य प्रतितोला ६२ हजार १ सय कायम भएको छ। बिहीबार प्रतितोलामा ४ सय रुपियाँ घटेर ६२ हजारमा कारोबार भएको सुन शुक्रबार थप एक सय रुपियाँ वृद्धि भई ६२ हजार १ सय रुपियाँमा कारोबार भएको सुनचाँदी महासंघले जनाएको छ। बुधबार प्रतितोला ६२ हजार ४ सय रुपियाँमा कारोबार भएको थियो। महासंघका अनुसार शुक्रबार चाँदी प्रतितोला ७ सय ७५ रुपियाँमा कारोबार भएको थियो।