सामुदायिक विद्यालयको पहिलो बस सेवा

0
Shares

दुर्गाप्रसाद शर्मा, पर्वत
र्वतको नमुना सामुदायिक विद्यालय नवजागृत माध्यामिक विद्यालयले मोदी गाउँपालिकाको सहयोगमा विद्यार्थीका लागि बस सेवा शुरु गरेको छ।

प्राविधिक शिक्षासमेत शुरु गरेको विद्यालयमा टाढाटाढादेखि विद्यार्थी आउन थालेपछि गाउँपालिकाको सहयोगमा बस सेवा शुरु गरेको हो। बस सेवा शुरु गर्ने नवजागृत मावि पर्वतको पहिलो सामुदायिक विद्यालय हो।

नवजागृत माध्यामिक विद्यालयमा बस सेवा सञ्चालनका लागि गाउँपालिकाले २२ लाख २५ हजार रूपियाँ सहयोग गरेको छ भने नपुग १ लाख ६३ हजार रूपियाँ पनि उपलब्ध हुने अपेक्षा गरेको विद्यालयका प्रधानाध्यापक त्रिष्णुप्रसाद सुबेदीले बताउनुभयो। ‘गाउँपालिकाले बस सेवा सञ्चालनका लागि सहयोग गर्दा विद्यार्थीलाई सहज भएको छ।’ प्रधानाध्यापक सुबेदीले भन्नुभयो– ‘अझै पनि विद्यालयले थप सहयोग पाउने अपेक्षामा छांै’

बस सेवा सञ्चालनपछि पर्वत र कास्की जिल्लाका विद्यार्थीलाई सुबिधा पुगेको छ। नवजागृत माविमा पर्वतको मोदीगाउँपालिका, कुस्मा नगरपालिका र कास्कीको अन्नपूर्ण गाउँपालिकाबाट समेत विद्यार्थी आउने गर्दछन्। बस सेवा पुगेपछि १ घण्टा पदैल हिँड्ने र १५ किलोमिटर बसमा यात्रा गरेरसमेत विद्यार्थी अध्ययनका लागि पुग्ने गरेका छन्। कुस्मा नगरपालिकाको पकुवा, परादीदेखि अन्नपूर्ण गाउँपालिकाको लुम्ले, नयाँपुल क्षेत्रबाट समेत विद्यार्थी अध्ययनका लागि आइरहेको विद्यालयले जनाएको छ।

स्थानीय सरकारले सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न सहयोग गर्दै आएका समाचार बाहिर आउने गर्दछन्। तर सामुदायिक विद्यालयमा गरिब, र विपन्न वर्गका बालबालिकाले अध्ययन गर्न आउने भएकाले विद्यालयको गुणस्तर सुधार गर्न विशेष महŒवका साथ काम गर्ने योजनाअनुरूप बस सेवा सञ्चालन गरिएको वडा नं ६ का अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता विमल लामिछानेले बताउनुभयो। ‘नवजागृत माध्यामिक विद्यालयलाई शैक्षिक केन्द्रका रूपमा विकास गर्ने वडाको मुख्य उद्देश्य भएकाले बस सेवा सञ्चालन गरिएको हो,’ अध्यक्ष लामिछानेले भन्नुभयो– ‘आगामी वर्षहरूमा वडामा रहेका अन्य सामुदायिक विद्यालयमा सुधार गर्ने र प्रविधिमैत्री बनाउने योजनामा छौं।’