बागमती सफाइको ३ सयौं हप्तामा विशेष कार्यक्रम

0
Shares

काठमाडौं, (नेस)
सरकारले बागमती सरसफाइ महाअभियानको ३ सय औं हप्ताका अवसरमा विशेष कार्यक्रम आयोजना गरिने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षयतामा शहरी विकास मन्त्रालयले विशेष कार्यक्रम गर्न लागेको बिहीबार मन्त्री मोहम्मद इश्तियाक राईले जानकारी दिनुभयो।

मन्त्री राईले बागमती सरसफाइ महाअभियानको ३ सय आंै हप्ता पुगेको अवसरमा विशेष कार्यक्रम आयोजन गर्ने बताउनुभयो। शनिबार बिहान ८ः३० बजे बागमती मनोहरा दोभानको शंखमूल परिसरमा विशेष कार्यक्रम आयोजना गरिनेछ।

‘स्वच्छता मेरो पहिचान सफाइ मेरो योग्दान’ नारासहित २०७० जेठ ५ गतेदेखि औपचारिकरूपमा शुरू भएको बागमती सरसफाइ अभियानबाट करिब–करिब १८ हजार मेट्रिक टन फोहर उठाइसकिएकोे मन्त्रालयले जनाएको छ।

बागमती नदीमा हँुदै आएको सफाइलाई हाल विस्तार गर्दै विष्णुमती, मनोहरा, हनुमन्ते नदीलगायत तथा चक्रपथ सफाइसम्म सफाइ हुँदै आएको छ। यस महाअभियानमा १ हजार ८ सय ५० विभिन्न संस्था र १० लाख जनमानसले योग्दान पु¥याएको बताइएको छ।
मन्त्री राईका अनुसार शनिबार विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले सरसफाइमा प्रतिबद्ध हुन शपथ ग्रहण गराउँदै सफाईको लागि पे्ररित गर्नुहुने र सफाइमा निरन्तर योग्दान पु¥यानुहुने अभियानकर्मीलाई सम्मान गर्नुहुनेछ। सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ७ सय ५३ स्थानीय तहमबाट सफाइ अभियान चलाउने मन्त्रालयले जनाएको छ।