९ नगरलाई रकम उपलब्ध गराउँदै काठमाडौं महानगर

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
काठमाडौं महानगरले छिमेकी नगरलाई समृद्ध बनाउने नीतिअनुरूप ९ वटा नगरलाई जनही १÷१ करोड रुपियाँ उपलब्ध गराउने भएको छ। नगर–नगर साझेदारी कार्यक्रमअन्तर्गत महानगरले काठमाडौं जिल्लाका नगरपालिकाको हरियाली प्रबद्र्धन, पार्क निर्माण र सार्वजनिक जग्गा संरक्षण कार्यका लागि प्राप्त प्रस्तावका आधारमा उक्त रकम उपलब्ध गराउने भएको हो।

शुक्रबार बसेको २९औं बोर्ड बैठकले प्रस्तावित ९ वटा नगरलाई रकम उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता ईश्वरमान डंगोलले जानकारी गराउनुभयो।

यसै कार्यक्रमअन्तर्गत गएको असार २० गते टोखा नगरलाई बौडेश्वर महादेव क्षेत्रमा बाल उद्यान निर्माणका लागि १ करोड रुपियाँ प्रदान गरिसकेको छ। अब टोखाबाहेकका अन्य नगरलाई रकम दिइनेछ।

बैठकले अन्तर सरकार साझेदारी कार्यक्रम सञ्चालन कार्यविधि–२०७५ अनुमोदन ग¥यो। चमति जग्गा आयोजनाको काम समयमा सम्पन्न गर्न आयोजनालाई ७ करोड रुपियाँ ऋण उपलब्ध गराउने गरेको बैठकले पर्यटन वर्ष–२०२० लाई सफल बनाउन सम्पदा समितिका संयोजक एवं वडा १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनको संयोजकत्वमा १७ सदस्यीय समिति गठन गरेको छ।

समितिका सदस्यमा वडाध्यक्ष शशीलाल श्रेष्ठ, राजेन्द्र मानन्धर, कुश ढकाल, बालकृष्ण श्रेष्ठ, दीपेन्द्र लामा, ईश्वरमान डंगोल, दिनेश डंगोल, रामकृष्ण श्रेष्ठ, चिनीकाजी महर्जन, ख्याम तिवारी, शोभा सापकोटा, शुद्धकुमार डंगोल र कार्यपालिका सदस्य रमिताकमल स्थापित, लक्ष्मी श्रेष्ठ र हीरादेवी पोख्रेल हुनुहुन्छ। समितिको सदस्य सचिवमा सम्पदा तथा पर्यटन विभागका विभागीय प्रमुख रहने व्यवस्था गरिएको छ।

त्यस्तै भवन निर्माण मापदण्ड पुनरावलोकन गर्न प्रवक्ता ईश्वरमान डंगोलको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ। समितिको सदस्यमा वडाध्यक्ष मुकुन्द रिजाल, शशीलाल श्रेष्ठ, मोहन विष्ट र चिनियाँमान बज्राचार्य हुनुहुन्छ।

तीनकुने पार्क निर्माण निर्माण गर्न मुआब्जा उपलब्ध गराउन नेपाललाई आग्रह गर्ने निर्णय पनि बैठकले गरेको छ। बाँकीले मुआब्जा लिएपछि महानगरले पार्क निर्माण गर्ने योजना बनाएको, प्रवक्ता डंगोलको भनाइ छ।

शहरी सुरक्षाका लागि सीसी क्यामरा जडान गर्न नेपाल प्रहरीसँग सहकार्य गर्ने र यसका लागि प्रहरीलाई ३ करोड रुपियाँ उपलब्ध गराउने बैठकले निर्णय गरेको छ।

आउँदो फागुन १ गते काठमाडौंमा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ हुनेछ। यस कार्यक्रमलाई प्रधानमन्त्री रोजगार कार्यक्रम र काठमाडौं महानगरपालिकाले संयुक्तरूपमा आयोजना गर्ने बैठकले गरेको अर्को निर्णय हो।