क्रिस्टिना र स्टेला नेसनल किड्स

0
Shares

इभेन्ट बेटल ग्यालेक्सीले राजधानीमा नेसनल किड्स अफ द इयर–२०१९ आयोजना गरेको छ।
प्रतियोगितामा सिनियर किड्सतर्फ क्रिस्टिना खड्का र जुनियरतर्फ स्टेला शाहले उपाधि चुमे। दुवै विजेताले आगामी जुनमा सिंगापुरमा ८८ देशका बालबालिकाबीच हुने अन्तर्राष्ट्रिय प्रतियोगिता इन्टरनेसलन किड्स अफ द इयर–२०१९ मा नेपालको प्रतिनिधित्व गर्न पाउनेछन्। प्रतियोगितामा सिनियर जुनियरतर्पm क्रमशः याङसुु श्रेष्ठ, मिनाल केसी फस्ट रनर्सअप, निरञ्जना मानन्धर र रिब्या तन्डुकार सेकेन्ड रनर्सअप भए।

त्यसै गरी सिनियर र जुनियरतर्पm क्रमशः प्रेस्ना बस्नेत र रोज श्रेष्ठ मिस ब्युटिफुल, देवराज प्रधान र पियुस बस्नेत मास्टर हेन्डसम, रोहित थापामगर र कृषा भण्डारी मस्ट फोटोजेनिक, निरञ्जना मानन्धर र अनबी धिताल बेस्ट हेन्डराइटिङ, रनिशा खड्गी र आर्या गुरुङ मस्ट हेल्दी, कृष्टिना खड्का र पियुस बस्नेत बेस्ट पर्सनालिटी र बेस्ट स्माइल, पलिस्था श्रेष्ठ र रोनिश रजक पब्लिक च्वाइस अवार्ड, आयुस तण्डुकार र रिजी शर्मा बेस्ट क्याटवक, याङसु श्रेष्ठ र पियुस बस्नेत बेस्ट ट्यालेन्ट, निलिमा राजभण्डारी र युजेनी तिमल्सिना मस्ट फ्रेन्डली, सायसा ढकाल र एना प्रजापति चाइल्ड आइकन, कविर दर्नाल र प्रथा शाह मस्ट इन्टेलिजेन्ट, सुप्रवाल कृष्ण श्रेष्ठ र रश्मी रजक मस्ट डेडिकेटेड, सुजेनी महर्जन र स्टेला शाह बेस्ट स्पिकर तथा सायसा ढकाल र सफलता प्रधान मस्ट क्युट भए। जुनियरतर्फ पामो गुरुङ बेस्ट स्माइल र अनुश्का श्रेष्ठ मिस लिटिल स्टार घोषित भए।

कक्षा १ देखि ८ सम्मका ३१ विद्यार्थी सहभागी प्रतियोगितामा पूर्व मिस नेपाल उषा खड्गी, अभिनेता अमित गिरी, मोडल सुरेश मानन्धर, प्याट्रिक विल्सन, रेखा मोदी र रुस्का वैद्य श्रेष्ठ निर्णायक रहेका थिए। प्रतियोगिता मोडल विपना थापाको कोरियोग्राफीमा सम्पन्न भएको थियो।