जुत्ता नलगाएर गाडी चलाउने चालकलाई कारवाही

0
Shares

सरिता चलाउने, सल्यान ।
सल्यानमा जुत्ता लगाएर गाडि चलाउन चालकहरुलाई आग्रह गरिएको छ । दुर्घटना न्युनिकरण गर्ने उदेश्यले जुत्ता नलगाएर सवारी साधान चलाउने चालकहरुलाई कारबाही गर्न थालिएको हो ।

चप्पल लगाएर गाडी चलाउदा खुट्टाको पैतला चिप्लने र भनेको समयमा गाडीको ब्रेक लगाउन गाह्रो हुने भन्दै जुनसुकै सवारीसाधन चलाउदा पनि अनिबार्य जुत्ता लगाएर चलाउन अग्रह गरिएको ट्राफिक प्रहरी सल्यानले जनाएको छ । जिल्लामा सबैखाले दुर्घटना कम गर्ने उदेश्यले यस्तो कार्यको थालनी गरिएको ट्राफिक प्रहरी जवान खेम केसीले बताए ।

उनका अनुसार बिशेष गरी सदमुकाम खलंगा–श्रनिगर रुडमा चल्ने सवारी साधनका चालकहरुलाई सचेत बनाइएको बताए । सचेत बनाउदा बनाउदै अटेरी गर्नेहरुलाई जरिवाना समेत गरिने उनले बताए ।

उनले भने दुर्घटना कम होस भनेर हामीले यो कार्यको थालनी गरेका हौ, जरिवाना तिर्नुपर्छ भन्दै चालकहरु पनि सचेत भएर जुत्ता लगाउने गरेका छन । यस्तै कामका थालनीले दुर्घटना केही हद सम्म कम हुने प्रहरी जवान केसीले बताए ।

यस्तै जिल्ला भर अहिले संचालन भैरहेका अटो रिक्सामा फलामका डन्डी राख्न थालिएको छ । संचालित अटो रिक्साको दायाँ भागतिर फलामको डण्डी राख्न थालिएको हो । यात्रुहरुलाई चढन र ओर्लन सजिलोका लागी दायाँ भागतिर फलामको डण्डी राख्न थालिएको उनले बताए ।
यात्रुहरु दाया, बायाँ दुबैभागतिर बाट चढ्दा तथा ओर्लदा दुर्घटना बढ्ने भएकाले यस्तो कार्य गरिएको ट्राफिक प्रहरी जवान केसीले बताए । अहिले अटो रिक्सामा पनि अधिकांसले फलामको डण्डी राखेको र नराख्नेलाई पनि राख्न भनिएको उनले बताए ।