मृत्युसँग लड्दै २३ वर्षीय आशिष, सहयोगका लागि परिवारको आग्रह

0
Shares

नानीराम नेपाल, सिन्धुपाल्चोक ।
राम्रो अंक ल्याएर ब्याचलर लेभलको परिक्षा उतिर्ण गरेका चौतारा साँगाचोकगढी नगरपालिका–४ का २३ वर्षिय आशिष धमला यतिवेला प्राणकै परीक्षा दिइरहेका छन् । कलिलै उमेरमा दुवै मृगौला फेल भएपछि उनी २ महिनादेखि अस्पतालको बेडमा पल्टिएर जीवन रक्षाका लागि हारगुहार मागिरहेका छन् ।

सहारा बन्नुपर्ने छोरा नै अस्पतालको बेडमा पल्टिएपछि आशिषका बाबु पशुपति धमला छोरा बचाउनका लागि सहारा मागिरहेका छन् । पाँचवर्षअघि बैदेशिक रोजगारीका लागि दुवई गएका उनी छोराको दुवै मृगौला फेल भएको खवर पछि गतसाता नेपाल फर्कीए ।

‘बुढेशकालको सहारा बन्नुपर्ने छोरा नै आज जीवन मरणको दोसाँधमा प¥यो’, सोमबार छोरा बचाउनका लागि गुहार माग्दै चौतारा साँगाचोकगढी–४ स्थित वडा कार्यालयमा आइपुगेका उनले भने,–‘लौ न हजुर मेरो छोरा बचाइदिनुस् ।’ पशुपतिले काठमाडौको बनस्थलीस्थित अस्पतालमा छोराको उपचार गराइरहेका छन् । उपचारका लागि ३० लाख भन्दा बढि खर्च हुने अस्पतालले बताएपछि उनले आर्थिक सहायताका लागि आग्रह गरिरहेका छन् । ‘तीस लाख खर्च लाग्नेरहेछ, ७ लाख खर्च गरिसकें’, उनले भने,–‘साथमा पैसा छैन, बेचौं भने सम्पती छैन ।’

आशषको उपचारका लागि रकम जुटाउन बैंकमा खाता खालिउको भएपनि हालसम्म कहिँकतैबाट रकम नजुटेको उनले सुनाए । आशिषकी आमा रुकू धमलाका नाममा एभरेष्ट बैंकमा खाता खोलिएको उनले बताए । आशिषको उपचारमा सहयोगका लागि एभरेष्ट बैंकको ०४८००५०१२०२२४८ मा सहयोग रकम जम्मा गरिदिन उनले सहयोगी मनहरुलाई अनुरोध गरेका छन् ।