यात्रुबाहक सवारीलाई ट्राफिक प्रहरीको विभेद

0
Shares

भद्रपुर ।
झापाको विर्तामोड स्थित भद्रपुर सडकबाट दक्षिण तर्फ चल्ने यात्रुवाहक सवारी साधनलाइ ट्राफिक प्रहरीले विभेद गरेको केही वस व्यवसायीले आरोप लगाएका छन् । सहरीकरणको बढ्दो चापलाइ मध्यनजर गरी केही महिना यताबाट भद्रपुर सडकमा यात्रु चढ्ने र ओहल्ने नियम लगाएपनि सवारी साधन(वस)ले घण्टौँसम्म रोकेर राख्ने गरेको उनिहरुको गुनासो छ ।

किचकबध वस ,मिनी वस तथा ट्याक्सी कम्पनी प्राली भद्रपुर २ बाट सञ्चालित यात्रुवाहक सवारी साधनलाइ भने ट्राफिक प्रहरीले स्टेण्ड राख्न नदिएर विभेद गरिएको उनिहरुको आरोप छ । नियम भने सवैलाइ एउटै हुनु पर्ने प्रालिका अध्यक्ष फागू सुब्बाले बताए । ‘अन्य वसलाइ घण्टौँसम्म वसिरहदा पनि केही नगर्ने तर, किचकबध यातायातको सवारीलाइ चै भ्याकुरा लखेटे झै किन गर्र्ने अध्यक्ष फागूको भनाइ छ ।’ यो ट्राफिक प्रहरी र वस व्यवसायीको मिलीभगतमा भएको उनको आरोप छ ।

ट्राफिकलाइ खुशी नपारेका कारण गाडी स्टेण्ड राख्न नदिएको उनले आरोप लगाए । ट्राफिक प्रहरीलाइ जानकारी गराउँदा स्टेण्ड लगाएका वसहरुको नाटकिय रुपले कागज पत्र लाने र पछि फिर्ता दिने गरेको उनले बताए । व्यवसाय गर्नेले नियमपालना गर्नु पर्नेमा सो नभएको उनको भनाइ छ ।

गाडी स्टेण्डको विषयमा विर्तामोड नगर प्रमुख धु्रव कुमार शिवाकोटीले सो स्थानमा यात्रु चढाउने र ओहल्ने गरीको निर्देशन दिएपनि वस नहटाएको सुब्बाको भनाइ छ । पहिलेको समयमा वस राख्न पाइएपनि हाल नपाइने वस व्यवसायी गणेश तामाङ् बताउँछन् । नियममा नपाइएपनि व्यवहारिक्तातालाइ हेरेर वस राखिएको उनले स्वीकारे । दैनिक तीन बजेसम्म भद्रपुर, वनियानी, र घेराबारी जाने वस राखिएको उनको भनाइ छ ।

बढ्दो सहरी करणलाइ ध्यानमा राखेर विर्तामोड स्थित भद्रपुर सडक खण्डमा सवारी स्टेण्ड गर्न नपाइने विषयमा छलफल भइरहेको विर्तामोड नगरपालिकाका प्रशासन प्रमुख मेघराज वास्तोलाले बताए । कार्यपालिकाको वैठकमा यो विषयका बारेमा उठान भइरहेको उनले जनाए । यो विषयमा ट्राफिक प्रहरीलाइ समेत जानकारी भइसकेको उनको भनाइ छ । विर्तामोड दक्षिण तर्फ चल्ने यात्रुवाहक वसलाइ विर्तामोड वस पार्कबाट नै सञ्चालन गरिने व्यवस्था मिलाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय विर्तामोडका सइ कालीदास रेग्मीले बताए ।

भद्रपुर रोडमा स्टेण्ड लगाएर बसेको पाइएमा खेदाइ रहेकोले यस्तो नभएको सइ रेग्मीको दाबी छ । सवै यातायात व्यवसायीले स्टेण्ड लगाएर राख्ने हो भने पसल थापे झै हुने भएकोले कसैलाइ विभेद नगरेको उनको भनाइ छ । ट्राफिक प्रहरी र वस व्यवसायीको आन्तरिक साँठगाँठ पुष्टि भएमा तत्काल जागिर तोड्ने उनले बताए । प्रहरीले यसो भनिरहेपनि सोमबार विर्तामोड स्थित भद्रपुर सडक किनारमा लस्करै गाडीले स्टेण्ड लगाएका थिए । यात्रुको प्रतिक्षामा उनिहरु घण्टौँसम्म लाइनमा वसेका थिए ।